उपाधि भिडन्त थप रोचक, ९० मिनेटको खेलमा २–२ को बराबरी

बिहिबार, १७ फागुन, २०८०
डिजिटल संस्करण

वाफ महिला च्याम्पियनसिप २०२४ को उपाधि भिडन्त थप रोचक बनेको छ । निर्धारित ९० मिनेटको समयमा नेपाल र जोर्डनले २–२ गोलको बराबरी खेले । 

अब च्याम्पियनको टुंगो टाइब्रेकरबाट लाग्नेछ । नेपालले २९औँ मिनेटमा सबिता रानामगरको गोलबाट खेलमा अग्रता लिएको थियो । तर, ७४औँ मिनेटमा जोर्डन खेलमा फर्कियो । 

निर्धारित ९० मिनेटको खेल सकिन एक मिनेट बाँकी हुँदा ८९औँ मिनेटमा जोर्डन थप गोल गर्दै उपाधि रक्षा गर्ने दिशामा बढेको थियो ।

तर, अतिरिक्त समयको पहिलो मिनेटमै नेपालले पेनाल्टी प्राप्त गर्यो, जसलाई सुन्दर ढंगले गोलमा परिणत गर्दै गीता रानाले नेपाललाई खेलमा फर्काइन् ।

सुझावित समाचार