Skip This
पश्चिम नवलपरासीका किसानले मागे कृषिमन्त्रीको राजीनामा 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १७ बिहीबार
  • Saturday, 27 July, 2024
२o८o फाल्गुण १७ बिहीबार १७:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पश्चिम नवलपरासीका किसानले मागे कृषिमन्त्रीको राजीनामा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण १७ बिहीबार १७:३६:oo

पश्चिम नवलपरासीका दुग्ध किसानहरूले कृषि तथा पशुपक्षी विकासमन्त्री डा‍. बेदुराम भुसाल र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको राजीनामा माग गरेका छन्।

बिहीबार पश्चिम नवलपरासीको बर्दघाटमा पश्चिम नवलपरासीका दुग्ध उत्पादक किसानहरूले प्रर्दशन गर्दै यस्तो माग गरेका हुन्। उनीहरूले बिहीबार बर्दघाटको टिसिएन चोकमा जम्मा भएर कृषिमन्त्री र आपूर्तिमन्त्रीको राजीनामा माग गर्दै नाराबाजीसमेत गरेका थिए।

उनीहरूले केहीबेर पूर्व-पश्चिम राजमार्गसमेत अवरुद्ध गरेका थिए। राजमार्ग अवरुद्ध गर्न खोजेपछि प्रहरी र आन्दोलनरत किसानबीच केहीबेर तनाब उत्पन्न भएको थियो।

दुग्ध किसानहरू दुधको मूल्य पाउनुपर्ने, बजारीकरणको समस्या समाधान हुनु पर्नेलगायतका विभिन्न माग राख्दै आन्दोलन गरेका छन्। किसानहरूको आन्दोलनमा विभिन्न व्यवसायी एवं बर्दघाट उद्योग वाणिज्य संघले समेत ऐक्यबद्धता जनाएको थियो।

त्यसैगरी, बुधबार बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले दुग्ध किसानहरूको माग पूरा गर्न अर्थमन्त्री डा. प्रकाशशरण महतलाई ज्ञापनपत्र बुझाएका थिए।