१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
गगन अयडी बाजुरा
२o८१ बैशाख १९ बुधबार ११:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार ११:२४:oo

बाजुराको सदरमुकाम मार्तडीबाट पूर्वीउत्तरी क्षेत्रमा पर्ने  जगन्नाथ गाउँपालिकामा माटोको ढिस्कोले पुरिएर बुधबार एकजना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कालीकोटको पलाँता गाउँपालिका– २ लार्फका अन्दाजी २० वर्षीय वीरेन्द्र सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरको जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर सार्कीको घटनास्थलमै मृत्यु भएको वडा नम्बर ६ का वडाध्यक्ष धनबहादुर सार्कीले जानकारी दिएका छन् । जगन्नाथ गाउँपालिका– ६ को तल्लो काप्रिमा भिनाजु दीर्घ सार्कीको घर बनाउन जग सम्याउने क्रममा माथिबाट आएको ढिस्कोले पुरिएर सार्कीको मृत्यु भएको वडाध्यक्ष सार्कीले बताए  । 

घटनाको जानकारी पाएलगत्तै तत्काल वडा नम्बर ६ का वडाध्यक्ष सार्की र जुड्डी प्रहरी चौकीको टोली घटनास्थल पुग्दा सार्कीको पूरै शरीर माटोमा पुरिएको र टाउको बाँकी रहेको अवस्थामा भेटिएको थियो। 

प्रहरी र स्थानीयको सक्रियतामा शव निकाल्ने काम भए पनि मृत्यु भइसकेको पुष्टि भएको प्रहरीले जनाएको छ । वडाध्यक्ष सार्कीका अनुसार कालीकोटका वीरेन्द्र सार्की केही दिनअघि दिदी–भिनाजु भेट्न बाजुरा आएका थिए । 
 

ad
ad