१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० फाल्गुण १७ बिहीबार ०८:४१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

गुटको विवादले नेविसंघ बैठकमा किचलो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० फाल्गुण १७ बिहीबार ०८:४१:००

गुटगत भागबन्डा नमिल्दा नेविसंघको बैठकमा किचलो देखिएको छ । अध्यक्ष दुजाङ शेर्पाको संयोजकत्वमा बनेको तदर्थ समिति विस्तारको सात महिनापछि बुधबार बसेको पहिलो बैठक आन्तरिक भागबन्डा नमिल्दा विवादित बनेको हो ।

नेविसंघका केन्द्रीय सदस्य नारायण पाण्डेले इतर पक्ष सहभागी हुने अवस्था नआएपछि सबैलाई समेट्न बुधबार प्रमाणपत्र वितरण, राजनीतिक सांगठनिक एवं शैक्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम स्थगित गरिएको जानकारी दिए । बुधबार शेखर–गगन समूहले भने पाँचबुँदे निर्णय गर्दै केन्द्रीय तदर्थ कार्यसमितिका समानान्तर बैठक सकाएको छ । निर्णयमा अध्यक्ष शेर्पाको राजीनामा माग गर्ने छ । 

केन्द्रीय सदस्य भुवन भट्टका अनुसार १२औँ महाधिवेशनको तयारीका लागि सदस्यता वितरण, सुझाव संकलन र संगठन विस्तारका लागि केन्द्रीय प्रतिनिधि खटाउनेलगायतका निर्णय गर्दै बैठक सकिएको छ । मंगलबार इतरले बहिष्कार गरेपछि संस्थापन समूहले प्रज्ञा प्रतिष्ठानमा उद्घाटन समारोह गरेको थियो । मंगलबार शेखर समूहको बैठक महाराजगन्जमा र गगन समूहको बैठक हात्तीसारस्थित नेपाल हाउसमा बसेको थियो ।

बुधबारसमेत शेखर र गगन समूह बैठक छाडेर छुट्टाछुट्टै छलफलमा जुटेका थिए । संस्थापन पक्ष भने इतर बैठकमा सहभागी हुने प्रतीक्षामा थियो । संस्थापननिकट एक केन्द्रीय सदस्यका अनुसार ६०–४० को भागबन्डामा सहमति भए पनि संस्थापन इतरभित्रकै विवादका कारण बैठक बस्न सकेको थिएन । एक केन्द्रीय सदस्यका अनुसार इतर पक्षका शेखर–गगन समूहबीच आन्तरिक बाँडफाँट नमिल्दा बैठकमा धारणा राख्ने अवस्था रोकिएको बताए ।

‘हामीले बैठकअघि नै इतरलाई पार्टीको मतअनुसार कार्यसम्पादन समिति, विभाग तथा विषयगत समितिमा ४० प्रतिशत दिन तयार भएका हौँ । तर, उहाँहरूबीच नै कुरा नमिलेपछि बैठकमा सहभागी हुन सक्नुभएन । बैठक पनि रोकियो,’ ती केन्द्रीय सदस्यले भने ।