१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १६ बुधबार
  • Friday, 09 May, 2025
अमुल थापा काठमाडाैं
२o८o फाल्गुण १६ बुधबार o७:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नागरिकलाई फुटपाथमै हिँड्न निषेध

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
नयाँ पत्रिका
२o८o फाल्गुण १६ बुधबार o७:३o:oo

आन्दोलित लघुवित्त तथा सहकारीपीडितहरू सोमबार निषेधित क्षेत्र तोडेर अतिसंवेदनशील संसद् भवनपरिसरमा छिरेको घटनालाई लिएर सरकारले सुरक्षाका नाममा फेरि सर्वसाधारणलाई सास्ती दिने कदम चालेको छ ।

बानेश्वर, सिंहदरबार र अनामनगर क्षेत्रका फुटपाथमा डोरी टाँगेर निषेधित क्षेत्रको पम्प्लेट झुन्ड्याई सर्वसाधारणलाई हिँड्नसमेत रोक लगाएको छ । फुटपाथमा निषेध गरेपछि बटुवाहरू सडकमै जोखिमपूर्ण यात्रा गरिरहेको भेटिए । फुटपाथमा हिँड्नेहरूलाई प्रहरीले केरकार गर्दै निषेधित क्षेत्रमा नहिँड्न चेतावनीसमेत दिइरहेको थियो ।