Skip This
भजनशिरोमणि आचार्यको अन्त्येष्टि, सत्य र स्वरूपले दिए दागबत्ती
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १५ मंगलबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण १५ मंगलबार २o:२६:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

भजनशिरोमणि आचार्यको अन्त्येष्टि, सत्य र स्वरूपले दिए दागबत्ती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण १५ मंगलबार २o:२६:oo

भजनशिरोमणि वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको पार्थिव शरीर पशुपति आर्यघाटमा आज अन्त्येष्टि गरिएको छ। 

गायकसमेत रहेका छोराहरू सत्यराज र स्वरूपराजले उनको पार्थिव शरीरमा दागबत्ती दिए। चार सय पचासभन्दा बढी सुगम संगीत र भजनमा स्वर र संगीत दिएका आचार्यको ८२ वर्षको उमेरमा सोमबार निधन भएको थियो।

अन्तिम संस्कारअघि आर्यघाटमा संगीतकर्मीहरूले आचार्यको सम्मानमा उनको कालजयी गीत ‘जहाँ छन् बुद्धका आँखा’ गाएका थिए। त्यसअघि सानो गौचरणस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए। 

एमाले अध्यक्ष केपी ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँती, कांग्रेस महामन्त्री महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायत अन्य विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूले आचार्यप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए।