मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १५ मंगलबार
  • Tuesday, 11 March, 2025
२o८o फाल्गुण १५ मंगलबार १२:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धादिङ अस्पतालमा पाठेघरको शल्यक्रिया सेवा सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण १५ मंगलबार १२:४६:oo

जिल्ला सदरमुकाम धादिङबेँसीमा रहेको धादिङ अस्पतालले पाठेघरको शल्यक्रिया सेवा सुरु गरेको छ। अस्पतालले पहिलोपटक टिएएच (टोटल एब्डोमिनल हिस्टेरेक्टोमी) पद्धतिबाट  पूर्ण पाठेघर निकाल्न सफल भएको हो।

१० जनाको पाठेघर अप्रेसन गरिएको जिल्ला अस्पताल धादिङका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुरेन्द्रप्रसाद भट्टले जानकारी दिए।

उनले भने, ‘पहिले गाइनोक्लोजिस्ट भएर पनि अप्रेसन नभएको रहेछ । अहिले हामीले सुरु गरेका छौँ। अहिले पाठेघरको सबै खालको शल्यक्रिया धादिङ अस्पतालमै हुने गरेको छ। अहिले पाठेघर खस्ने समस्याको अप्रेसन एचभी (भजाइनल हिस्टेरेक्टोमी) पनि नियमित रूपमा भइरहेको छ।’

त्यस्तै, १५ जनाभन्दा बढी महिला–पुरुष दुवैको स्थायी बन्ध्याकरण गरिएको उनले बताए। ‘अस्पतालले प्रवाह गर्ने सेवा तथा सुविधालाई थप प्रभावकारी बनाउँदै लैजाने तयारीमा छौँ। प्रसूति सेवा पनि थप सहज बनाएका छौँ। जटिल खालका प्रसूति डेलिभरीको पनि धादिङ अस्पतालमै अप्रेसन हुन्छ,’ उनले भने।

जिल्ला अस्पताल धादिङका मेडिकल सुपरिटेन्डेन्ट एवं स्त्री रोग विशेषज्ञ डाक्टर सुरेन्द्रप्रसाद भट्टसहितको टोलीले शल्यक्रिया गर्दै आएकाे छ। धादिङ अस्पतालमै पाठेघरको अप्रेसन हुन थालेपछि सेवाग्राहीहरू खुसी भएका छन्। विशेषज्ञसहितको सेवा सुरु गरेको अस्पतालले निरन्तर रूपमा सेवा प्रवाह गर्नुपर्ने सेवाग्राहीको भनाइ छ।