१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार ११:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

बच्चालाई आरामदायी कपडा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:४६:oo

आरामदायी कपडा : बच्चालाई धेरै टाइट कपडा लगाइदिन हुँदैन । सरल र आरामदायी कपडा छान्नुपर्छ । किनकि, उनीहरू उफ्रने, दौडने र नाच्ने गरिरहन्छन् । जुत्ता पनि टाइट हुनुहुँदैन । यसले उनीहरूलाई हिँड्दा दुखाइ हुन सक्छ । 

रंग : रातो, हरियो र निलोलगायत रंगका पहिरनले बच्चालाई आकर्षक लुक्स दिन्छ । उनीहरूलाई सक्रिय रहन पनि यस्ता रङले ऊर्जा दिन्छ । साना बालबालिकाले आफ्नो कपडा छिट्टै फोहोर गर्छन् । त्यसैले उज्यालो रङका कपडा कम प्रयोग गर्नुस् । गाढा रङका कपडामा फोहोर वा दाग धेरै देखिँदैन । तपाईंले आफ्ना बच्चालाई कार्टुन, फूल, पशुपक्षीको चित्र भएको कपडा लगाइदिँदा अझ राम्रो हुन्छ । त्यो चित्र देख्दा उनीहरू रमाइलो मान्छन् । बच्चाहरू फेन्सी कपडा लगाउन रुचाउँछन् । कटन, लिनेनजस्ता नेचुरल फ्याब्रिक उनीहरूका लागि राम्रो हुन्छ । 

छनोट : बच्चाहरूको छनोटलाई पनि ध्यान दिनुपर्ने हुन्छ । कुन अवसरका लागि कपडा किनिँदै छ भन्ने पनि अर्थपूर्ण हुन्छ । पार्टी तथा समारोहमा छोरीका लागि विभिन्न डिजाइनका फ्रक, लेहेंगा, गाउन, स्कर्ट, फूलबुट्टा भरिएका विभिन्न स्टाइलका पाइन्ट तथा जामा किनिदिन सकिन्छ । त्यस्तै, छोराका लागि थ्री–पिस सुट, ढाका वा दौरा–सुरुवाल, जिन्स तथा टिसर्ट पाइन्छन् । 

ad
ad