१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १o:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सेती नदीमा माछा मार्ने क्रममा एकको मृत्यु, एक बेपत्ता  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १o:o८:oo

सेती नदीमा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । मृत्यु हुनेमा पोखरा महानगरपालिका– १ कसेरी बस्ने वर्ष ४० का मंगा तामाङ रहेका छन् । 

पोखरा– १७ महतगौँडास्थित सेती नदीमा माछा मार्न गएका पाँचजनामध्ये दुईजना चिप्लिएर डुबेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए । अन्य तीनजना भने सकुशल रहेका श्रेष्ठले जानकारी दिए ।

सेतीमा दुईजना डुबेको भन्ने सूचना पाएसँगै कालिका गण कास्कीको गोताखोर टोली र विपत् उद्धार टोलीले तामाङको शव ढुंगामा अड्किएको अवस्थामा फेला पारेको थियो । 

डुबेका अर्का ४३ वर्षीय रक्सेस तामाङको अवस्था भने अज्ञात छ । आइतबार राति ९:५० बजे डुबेका तामाङको शव सोमबार बिहान २ बजेतिर टोलीले फेला पारेको थियो । बेपत्ता तामाङको सोमबार दिनभर खोजी गरिए पनि अवस्था पत्ता लगाउन नसकिएको श्रेष्ठले बताए । घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको श्रेष्ठले जानकारी दिए ।

ad
ad