१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o८:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

अमेरिकी उपसहायक विदेशमन्त्री अफरिन नेपाल भ्रमणमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:३२:oo

नेपाल, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्सका लागि दक्षिण तथा मध्य एसियाली मामिला ब्युरो हेर्ने अमेरिकी उपसहायक विदेशमन्त्री अफरिन अख्तर नेपाल आइपुगेकी छन् । उनी सोमवार नेपाल आइपुगेकी हुन् ।

अख्तरले सोमबर परराष्ट्र सचिब सेवा लम्सालसँग परराष्ट्र मन्त्रालयमा भेटवार्ता गरेकी छिन् । ‘भ्रमणका क्रममा अख्तरले नेपाली सरकारी अधिकारी, नागरिक समाजका प्रतिनिधि र अमेरिकन चेम्बर्स अफ कमर्स नेपालको सदस्यहरूसँग भेटघाट गरि संयुक्त राज्य अमेरिका र नेपालबीचको द्विपक्षीय सम्बन्धले कसरी नेपालमा शिक्षा र स्वास्थ्य, मानवअधिकार, लोकतन्त्रको विकास र नेपालको पारस्परिक आर्थिक समृद्धिलाई अगाडि बढाउन सक्छ भन्ने विषयमा छलफल गर्नुहुनेछ,’ नेपालस्थित अमेरिकी राजदूतावासले भनेको छ ।

यस्तै, अमेरिकी सेनाको इन्डो प्यासिफिक कमान्डका कमान्डर एडमिरल जोन सी एक्विलिनो भने सोमबार नै तीनदिने नेपाल भ्रमण सकेर फर्केका छन् । जोनले उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, प्रधानसेनापति प्रभुराम शर्मालगायतसँग भेटवार्ता गरेका थिए । उनी पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा सञ्चालन भइरहेको बहुराष्ट्रिय अभ्यास शान्ति प्रयास–४ को अवलोकनका पनि गएका थिए । 

ad
ad