Skip This
घोराही–तुलसीपुर सडकमा टाइमकार्ड लागू
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १४ सोमबार
  • Saturday, 27 July, 2024
२o८o फाल्गुण १४ सोमबार १३:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

घोराही–तुलसीपुर सडकमा टाइमकार्ड लागू

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण १४ सोमबार १३:२४:oo

दाङको घोराही–तुलसीपुर सडकखण्डमा सोमबारदेखि टाइमकार्ड लागू भएको छ। तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना बढिरहेको भन्दै टाइमकार्ड लागू गरिएको दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले बताए।

सुवेदीका अनुसार अब घोराही–तुलसीपुरमा सवारीसाधन ७० मिनेटमा आवतजावत गर्नुपर्छ। घोराही–तुलसीपुर दूरी २३ किलोमिटर छ। जसमध्ये घोराही–नारायणपुर खण्ड ३० मिनेट र नारायणपुर–तुलसीपुर खण्डका लागि ४० मिनेट समय निर्धारण गरिएको छ। प्रतिकिलोमिटर औसत तीन मिनेट समय (२० किलोमिटर प्रतिघण्टाको गति) निर्धारण गरेर टाइमकार्ड लागू गरिएको हो।

निःशुल्क रूपमा चालकलाई टाइमकार्ड दिने र हराएमा ५० रुपैयाँ छपाई शुल्क लिने दाङका ट्राफिक प्रहरी कार्यालयका प्रमुख किरणप्रकाश मल्लले जानकारी दिए। उनका अनुसार टाइमकार्ड निरीक्षणका लािग घोराही, नारायणपुर र तुलसीपुरमा ट्राफिक प्रहरी रहनेछन्।

तोकिएको समयको मापदण्ड पालना नगर्ने सवारीसाधनलाई लापरबाहीअन्तर्गत कारबाही गरिने बताइएको छ। सुरुमा पाँच सय, दोस्रोपटक एक हजार र एक हजार पाँच सयको दरमा जरिवाना हुने ट्राफिक प्रमुख मल्लले बताए।