१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १२:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

इसेवा लाइफ केयरमा साढे पाँच लाखसम्मको आर्थिक सुरक्षा पाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १२:१५:oo

भुक्तानी सेवाप्रदायक इसेवाले इसेवा केयरको सफलतापछि ‘इसेवा लाइफ केयर योजना’ सार्वजनिक गरेको छ । जीवनकै बिमा हुने गरी इसेवा लाइफ केयर योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । 

इसेवा लाइफ केयर एक टर्म लाइफ जीवन बिमा प्याकेज भएको र जसले पाँच लाख ३० हजारसम्मको जीवन बिमा ग्यारेन्टी गर्ने बताइएको छ । यो जीवन बिमा योजना सन लाइफ इन्स्योरेन्स र हिमालयन एभरेस्ट इन्स्योरेन्ससँगको सहकार्यमा सञ्चालन गरिएको हो । यस योजनामा विभिन्न स्वास्थ्यसम्बन्धी सेवामा अफर तथा छुटसमेत समावेश गरिएको कम्पनीले जनाएको छ । 

यस योजनामा वार्षिक सात सयदेखि सुरुवाती मूल्यमा पाँच लाख ३० हजार रुपैयाँको लाइफ केयर प्रदान गर्छ । यस योजनाले सस्तो मूल्यमा १८ देखि ४५ वर्ष उमेरसम्मको बिमाका साथै अन्य स्वास्थ्य सुविधा प्रदान गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ । साथै, उमेरअनुसार प्रिमियम रकम पनि फरक हुनेछ ।

यस योजनामा टर्म लाइफ कभरेज दुई लाख ५० हजार, दुर्घटना उपचार खर्च एक लाख, अस्पतालको बेड चार्जमा १० हजार, दुर्घटनाबाट भएको मृत्युमा एक लाख २० हजार, गम्भीर रोगको ५० हजार र ३० भन्दा बढी स्वास्थ्य र सौन्दर्य सम्बन्धित सेवामा ३५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । यो सेवा लिन इसेवाको मोबाइल एप्स या वेबपेजबाट लिन सकिनेछ ।
 

ad
ad