Skip This
मर्स्याङ्दीका १७ भूकम्पपीडितको घर पुनर्निर्माण
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १४ सोमबार
  • Saturday, 27 July, 2024
२o८o फाल्गुण १४ सोमबार १o:३o:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

मर्स्याङ्दीका १७ भूकम्पपीडितको घर पुनर्निर्माण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण १४ सोमबार १o:३o:oo

दुई वर्षअघिको भूकम्पले घर ध्वस्त बनाएपछि घरबारविहीन भएका मर्स्याङ्दीका १७ परिवारको घर पुनर्निर्माण भएको छ । मर्स्याङ्दी  गाउँपालिकाको ३, ८ र ९ का आर्थिक अवस्था कमजोर भएका भूकम्पपीडितको घर पुनर्निर्माण गरिएको हो । 

दुई वर्षदेखि टहरामा कष्टकर जीवन बिताएका तिलकबहादुर भण्डारीले घर पाउँदा खुसी व्यक्त गरे । लमजुङमा क्रियाशील ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसी) र क्याथोलिक रिलिफ सर्भिस (सिआरएस)को साझेदारीमा लमजुङ पुनर्लाभ परियोजनाअन्तर्गत मस्र्याङ्दीका १७ भूकम्पपीडितको घर पुनर्निर्माण गरेर उनीहरूलाई हस्तान्तरण गरिएको हो ।

चालू आर्थिक वर्षमा निर्माण सकेका १७ घरका लागि आरसिडिसी र सिआरएसले ९२ लाख ५३ हजार ४६ लगानी गरेको आरसिडिसीका अध्यक्ष राजेन्द्र बोहराले जानकारी दिए । उनका अनुसार उक्त रकमबाट मर्स्याङ्दी गाउँपालिका– ९ मा १३, ८ मा तीन र वडा नम्बर ३ मा एक घर पुनर्निर्माण गरिएको छ ।

 निजी आवास पुनर्निर्माणका लागि आरसिडिसी र सिआरएसले प्रतिघर पाँच लाख ४५ हजार तीन सय ४९ का दरले लगानी गरेका छन् । घरसँगै १५ लाभग्राहीलाई जीविकोपार्जनका लागि १५ हजारका दरले सहयोग गरिएको छ ।