१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १६:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

दुर्गालाललाई ५५,५५५ नगदसहित ‘बुढानीलकण्ठ आजीवन साधना सम्मान’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १६:२५:oo

कविता र गीत विधामा उत्तिकै लोकप्रिय जनकवि दुर्गालाल श्रेष्ठ ‘बुढानीलकण्ठ आजीवन साधना सम्मान २०८०’बाट सम्मानित भएका छन्। सम्मानस्वरूप उनलाई ५५ हजार पाँच सय ५५ नगद राशि प्रदान गरियो।

बुढानीलकण्ठ नगरपालिकाले आयोजना गरेको महोत्सवमा कवि दुर्गालाललाई जनप्रतिनिधिहरूको उपस्थितिमा मेयर र उपमेयरद्वारा सम्मान गरिएको हो। उनलाई आजीवन नेपाली र नेपाल भाषा साहित्यका लागि गरेका योगदान सम्झँदै सम्मान गरिएको व्यहोरा युवा कवि प्रज्ज्वल अधिकारीले पढेर सुनाएका थिए।

१९९२ सालमा काठमाडौंमा जन्मिएका ८८ वर्षीय कवि दुर्गालालले आफ्नो स्वास्थ्य अवस्थाका कारण पुरस्कार पाएपछि अडियोमार्फत धन्यवाद मन्तव्य अभिव्यक्त गरे। अडियोमा भावुक हुँदै उनले भनेका थिए, ‘आफ्नै टोलको यो माया संगाल्न पाउँदा जीवनमा सबैभन्दा बहुमूल्य वस्तुको उपभोग म गर्दैछु कि मलाई लाग्छ।’

जनकवि तथा जगदम्बाश्रीजस्ता पुरस्कार र सम्मानबाट सम्मानित भइसकेका कवि दुर्गालाल पछिल्लो पुस्तामाझ आनी छोइङ डोल्माले न्ह्यु बज्राचार्यको संगीतमा गाएको ‘फूलको आँखामा फूलै संसार’का गीतकारका रूपमा बढी चर्चित छन्।

ad
ad