मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण ११ शुक्रबार
  • Wednesday, 12 February, 2025
२o८o फाल्गुण ११ शुक्रबार १६:३२:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

नाइजेरियामा ‘लस्सा ज्वरो’बाट ७२ जनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण ११ शुक्रबार १६:३२:oo

नाइजेरियामा यस वर्षकाे प्रारम्भमा ‘लस्सा ज्वरो’बाट ७२ जनाको मृत्यु भएकाे छ। अफ्रिकाको सबैभन्दा धेरै जनसंख्या भएको मुलुक नाइजेरियामा लस्सा ज्वरोबाट कम्तीमा ७२ जनाको मृत्यु भएको हाे।  

सार्वजनिक स्वास्थ्य अधिकारीले सार्वजनिक गरेको तथ्यांकअनुसार जनवरीदेखि २१ राज्यमा भाइरल हेमोरेजिक ज्वरोको प्रकोपबाट अहिलेसम्म चार सय ११ जना प्रभावित भएको पुष्टि भएको र तीमध्ये ७२ को मृत्यु भएको नाइजेरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (एनसिडिसी)ले आफ्नो पछिल्लो प्रतिवेदनमा उल्लेख गरेको छ। 

पुष्टि भएका मामिलामध्ये ६५ प्रतिशत तीन राज्य ओन्डो, एडो र बाउचीमा रिपोर्ट गरिएको थियो भने ३५ प्रतिशत मामिला अन्य १८ राज्यमा देखिएको थियो। 

राष्ट्रिय रोग नियन्त्रण एजेन्सीका अनुसार यस वर्ष अहिलेसम्म कुल दुई हजार एक सय २२ मामिला रेकर्ड गरिएको छ। यो सन् २०२३ को यसै अवधिमा रेकर्ड गरिएको आठ हजार दुई सय ८० भन्दा उल्लेखनीय रूपमा कम हो। 

मुलुकमा लस्सा ज्वरोको प्रकोपबाट अहिलेसम्म दुई स्वास्थ्यकर्मी प्रभावित भएको एनसिडिसीले बताएको छ। एनसिडिसीका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका व्यक्ति यस ज्वरोबाट सबैभन्दा बढी पीडित छन्। 

लस्सा ज्वरो मुसाको मूत्र वा मलबाट दूषित खाना वा घरेलु वस्तुहरूमार्फत मानिसमा फैलिने रोग हो। मुसाको र्‍याल, मूत्र र मल मानिसको सम्पर्कमा आएपछि यो ज्वरो फैलिने बताइएको छ। 

एनसिडिसीका अनुसार सन् २०२३ मा लस्सा ज्वरोबाट एक हजार दुई सय २७ मामिलामा कम्तीमा दुई सय १९ को मृत्यु भएको थियो।