१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o९:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

धनगढी कप फुटबल प्रतियोगिताको उपाधि होलिल्यान्डलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:o३:oo

धनगढीमा भएको श्री कलेज म्यानेज्मेन्ट अफ धनगढी कप फुटबल प्रतियोगिताको उपाधि अत्तरियाको होलिल्यान्ड एकेडेमीले जितेको छ । धनगढी रगंशालामा बिहीबार भएको फाइनल खेलमा सुदूरपश्चिमाञ्चल एकेडेमीलाई १–० गोल अन्तरले हराउँदै होलिल्यान्ड प्रतियोगिताको उपाधि जित्न सफल भएको हो ।

निकै प्रतिस्पर्धात्मक रहेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो ।  दोस्राे हाफको दुई मिनेटमै होलिल्यान्डका कप्तान मिलन बोहरा गोल गर्न सफल भए । बोहराकै गोलले होलिल्यान्ड एकेडेमीलाई उपाधि जिताउन सफल भयो ।उपाधिसँगै होलिल्यान्डले नगद ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ। उपविजेतामा चित्त बुझाएको सुदूरपश्चिमाञ्चल एकेडेमीले नगद २५ हजार रुपैयाँ प्राप्त गर्‍यो ।  

प्रतियोगिताको उत्कृष्ट खेलाडी सुदूरपश्चिमाञ्चल एकेडेमीका सन्दीप सिंह बनेका छन् । उनले नगद दुई हजार पाए । त्यस्तै, उत्कृष्ट गोलकर्ता होलिल्यान्डका मिलन बोहरा बने । उनले प्रतियोगिताभरि सर्वाधिक पाँच गोल हानेका थिए । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक होलिल्यान्डकै ओम कामी बन्दा राइजिङ प्लेयर लिटलफ्लावर बोर्डिङ स्कुलका सफल तामाङ बने ।

लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा भएको फुटबल प्रतियोगितामा कैलालीका १० विद्यालय सहभागी थिए । समापन कार्यक्रमबीच प्रतियोगिताको विजेता तथा उपविजेता टिमलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि रहेका सुदूरपश्चिम खेलकुद परिषद्का सदस्यसचिव दीपकबहादुर सिंहले लिटलफ्लावर स्पोर्टस् क्लबले यहाँको क्रिकेट तथा फुटबल विकासमा महत्वपूर्ण योगदान दिएको बताए ।

लिटलफ्लावर स्पोर्टस् क्लबका अध्यक्ष रामचन्द्र शाहीले  कलेज अफ म्यानेजमेन्ट धनगढी कप फुटबल प्रतियोगिता आगामी वर्ष पनि निरन्तर सञ्चालन गरिने बताए । 

ad
ad