Skip This
कांग्रेस महासमिति बैठक : सदस्यहरूले मञ्च घेरेपछि प्रहरी खटाइयाे
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १० बिहीबार
  • Friday, 26 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण १० बिहीबार १६:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस महासमिति बैठक : सदस्यहरूले मञ्च घेरेपछि प्रहरी खटाइयाे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण १० बिहीबार १६:१५:oo

नेपाली कांग्रेसको जारी महासमिति बैठकमा सदस्यहरूले मञ्च घेरेपछि प्रहरी खटाइएको छ। समूहगत छलफलबाट आएका सुझाव पेस गर्ने क्रममा सदस्यहरूले होहल्ला गर्दै घेरेपछि मञ्चमा प्रहरी खटाइएको हो।

प्रदेश सभापतिहरूले आफूहरूको भावनालाई सुझावमा नसमेटेको भन्दै असन्तुष्ट महासमिति सदस्यहरूले होहल्ला गरेका हुन्। महासमिति सदस्यहरूको होहल्ला र घेराबीच केही प्रदेश सभापतिहरूले सुझावहरू प्रस्तुत गरे।

केहीबेरको होहल्लापछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतले आग्रह गरेपछि पुनः शान्तिपूर्ण रूपमा सुझाव पेस गर्ने क्रम जारी छ।