Skip This
सन्धिखर्क देशभरकै उत्कृष्ट पालिका, भरतपुर दोस्रो  
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १० बिहीबार
  • Friday, 26 July, 2024
नयाँ पत्रिका अर्घाखाँची
२o८o फाल्गुण १० बिहीबार १५:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सन्धिखर्क देशभरकै उत्कृष्ट पालिका, भरतपुर दोस्रो  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, अर्घाखाँची
नयाँ पत्रिका
२o८o फाल्गुण १० बिहीबार १५:४२:oo

कार्यसम्पादन मूल्यांकनमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका देशभरकै प्रथम बनेको छ। 

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार आर्थिक वर्ष ०७९/८० को कार्यसम्पादन मूल्यांकनमा सन्धिखर्क प्रथम भएको हो।

देशभरका सात सय ५३ स्थानीय तहमध्ये सन्धिखर्कले ६१.८१ अंक प्राप्त गरी पहिलो भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए।  

स्थानीय तहलाई संघीय सञ्चित कोष तथा प्रदेश सञ्चित कोषबाट प्रदान गर्ने वित्तीय समानीकरण अनुदानअन्तर्गत कार्यसम्पादन मूल्यांकनका आधारमा अनुदान सिफारिसका लागि आयोगले कार्यसम्पादन मूल्यांकन गर्ने गर्दछ।

कार्यसम्पादन मूल्यांकन गर्दा आयोगले स्थानीय तहसँग तथ्यांकहरू मागेर त्यसको आधारमा र उपलब्ध तथ्य सही वा गलत भएको प्रमाणित गरेर सोही आधारमा अंक प्रदान गरिन्छ । गत आर्थिक वर्षमा सन्धिखर्क नगरपालिका देशभरमै आठौँ स्थानमा पर्न सफल भएको थियो।

चितवनको भरतपुर महानगरपालिका ५६.२९ अंकसहित दोस्रो र गुल्मीको मालिका गाउँपालिका ५५.४० अंकसहित तेस्रो भएका छन्। 

त्यस्तै, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ५३.८४ अंकसहित चौथो, सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिका ५३.७६ अंकसहित पाँचौँ, गुल्मीको चन्द्रकोट गाउँपालिका ५२.५७ अंकसहित छैटौँ, अर्घाखाँचीको छत्रदेव गाउँपालिका ५०.४४ अंकसहित सातौँ, गुल्मीको रेसुंगा नगरपालिका ५०.०३ अंकसहित आठौँ, सिन्धुपाल्चोककै पाँचपोखरी थाङ्पाल गाउँपालिका ४९.३६ अंकसहित नवौँ र प्युठानको सरुमारानी गाउँपालिका ४९.१९ अंकसहित १०औँ भएका छन्। 

प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि, २०७८ को दफा ७ अनुसार कार्यसम्पादन मूल्यांकनन गरी अंक प्रदान गरिएको हो।