१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० फाल्गुण १० बिहीबार ११:२८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रतिनिधिसभामा प्रतिपक्षी दलहरूको अवरोध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० फाल्गुण १० बिहीबार ११:२८:००

प्रतिनिधिसभाको आजको बैठक प्रतिपक्षी दलहरूले अवरोध गरेका छन् । प्रमुख प्रतिपक्षी दल एमाले, प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका सांसदले उठेर बैठकमा अवरोध गरिरहेका छन् । 

सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रातिपक्षी दलका सांसदहरू आ–आफ्ना स्थानमा उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुखले आ–आफ्ना धारणा व्यक्त गर्न विपक्षी दलका सांसदहरूलाई समय दिएका थिए । 

त्यसक्रममा एमालेबाट सांसद रघुजी पन्त, रास्वपाबाट विराजभक्त श्रेष्ठ र राप्रपाबाट ज्ञानेन्द्रबहादुर शाहीले धारणा राखेका थिए । त्यसपछि सभामुखले बैठक शून्य समयतर्फ अगाडि बढाउन लाग्दा विपक्षी सांसदहरू पुनः आ–आफ्ना कुर्सीबाट उठेर अवरोध गरिरहेका छन् ।