१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार ११:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बाघको आक्रमणबाट दुईजना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:१o:oo

पर्सा राष्ट्रिय निकुञ्जबाट निस्केको पाटेबाघको आक्रमणबाट बुधबार रौतहट बौधीमाई नगरपालिकामा दुईजना घाइते भएका छन्। बाघको आक्रमणबाट रौतहट बौधीमाई नगरपालिका– ३ मटेर्वा गाउँका ३० वर्षीय कृष्ण साह बनियाँ र ३५ वर्षीय राजु साह बनियाँ घाइते भएका हुन् ।

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बाराको पथलैया–निजगढ सडकखण्डस्थित पिलुवानजिक ना.३६प ५०११ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई बाघले पछाडिबाट आक्रमण गरेको घाइते कृष्ण साह बनियाँले बताए ।

बाघको आक्रमणपछि सडकमा लडेका उनीहरूलाई त्यस रुटमा चल्ने बसका रहेका यात्रुले थप उद्धार गरेका थिए । बाघको आक्रमणमा परी राजुको दायाँ हात, बायाँ खुट्टा र टाउकोमा चोट लागेको छ। चालक कृष्ण सडकमा लडेकाले दुवै हातमा चोट लागेको छ।

घाइते दुवैको निजगढ नगरपालिका– ९ स्थित निजगढ सामुदायिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।
 

ad
ad