१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
एजेन्सी पेरिस
२o८१ बैशाख २० बिहीबार o८:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

एम्बाप्पे रियल म्याड्रिडमा आबद्ध हुने पक्का

Read Time : < 1 मिनेट
एजेन्सी, पेरिस
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:३९:oo

फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पिएसजी)का स्ट्राइकर केलियन एम्बाप्पे स्पेनिस क्लब रियल म्याड्रिडसँग अनुबन्धित हुने पक्का भएको छ । एम्बाप्पेले आउने जुलाईदेखि म्याड्रिडसँग सन् २०२९ सम्म सम्झौता गर्ने गरी सहमति गरेको बेलायती समाचार एजेन्सीले जनाएका छन् । पिएसजीले मंगलबार विज्ञप्तिमातर्फ एम्बाप्पेले क्लबसँग सम्झौता नवीकरण नगरेको जनाएको छ । एम्बाप्पेलाई म्याड्रिडले लामो समयदेखि अनुबन्धको प्रयास गरिरहेको थियो । सन् २०१८ मा मोनाकोबाट १८० मिलियन युरो ट्रान्सफर फिमा एम्बाप्पे पिएसजीमा अनुबन्ध भएका थिए । त्यसवेला उनी १८ वर्षका थिए ।

खेलाडी किनबेचको सिजनमा म्याड्रिडले पिएसजीमा एम्बाप्पे भित्र्याउन राम्रो प्रस्ताव पठाउने गथ्र्यो । तर, पिएसजी र स्वयं एम्बाप्पेले म्याड्रिडको प्रस्ताव अस्विकार गर्दै आइरहेका थिए । यसपटक म्याड्रिड एम्बाप्पे भित्र्याउन सफल भएको छ । सन् २०२२ मा फ्रेन्च खेलाडीले पिएसजीसँगको सम्झौता सकिँदा पनि पिएसजीमै बस्ने निधो गरेका थिए । यसपटक म्याड्रिडले दुई वर्षअघिको प्रस्तावभन्दा थप गरेको छ । म्याड्रिडले एम्बाप्पे भित्र्याउन प्रत्येक सिजनमा १२.८ मिलियन पाउन्ड प्रस्ताव राखेको छ । 

यसैगरी, दुई पक्षबीचको सम्झौता रकम एक सय २८ पाउन्ड मिलियन रहेको एजेन्सीले जनाएको छ । म्याड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले एम्बाप्पेको आगमनमा टोलीको फिनिसिङ लाइन सर्वाधिक बलियो हुने बताएका छन् । ‘सम्भवतः फ्रेन्च खेलाडीको आगमनले हाम्रो फिनिसिङ पक्ष थप बलियो हुनेछ,’ एन्सेलोटीले भने, ‘यसअघि पनि हामीहरूको अग्रभाग बलियो नै थियो, तर एम्बाप्पे आउँदा थप मजबुत हुनेभयो ।’ वर्तमान समयमा म्याड्रिडमा इंग्ल्यान्डका मिडफिल्डर जुडे बेलिंघम तथा ब्राजिलियन युवा खेलाडी भिनिसी जुनियरले फिनिसिङ पक्ष सम्हालिरहेका छन् । 

ad
ad