Skip This
१९ र २० फागुनमा पसगाउँ महोत्सव
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण ९ बुधबार
  • Friday, 26 July, 2024
२o८o फाल्गुण ९ बुधबार ११:३३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

१९ र २० फागुनमा पसगाउँ महोत्सव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण ९ बुधबार ११:३३:oo

लमजुङको क्व्होलासोँथार गाउँपालिका–६ को पसगाउँमा १९ र २० फागुनमा १४औँ पसगाउँ महोत्सव हुने भएको छ । ग्रामीण पर्यटन विस्तार गर्ने उद्देश्यले ०६० देखि महोत्सव निरन्तर हुँदै आएको छ । लोकसंस्कृति तथा स्थानीय हस्तकला प्रदर्शनी महोत्सवको मुख्य आकर्षण रहने होमस्टे व्यवस्थापन समितिले जनाएको छ । 

समुद्री सतहदेखि एक हजार ६ सय ५० मिटर उचाइमा अवस्थित पसगाउँ तमू (गुरुङ) जातिको बाहुल्यता रहेको गाउँ हो । लमजुङको उत्तर–पश्चिममा पर्ने कास्कीसँग जोडिएको पसगाउँको प्रचारप्रसारका लागि महोत्सवको आयोजना गर्न लागिएको हो । गुरुङ जातिको कला–संस्कृति, वेशभूषा तथा भाषाको संरक्षण र संवद्र्धन गर्दै न्यून आय भएका नागरिकको आर्थिक एवं सामाजिक जीवनस्तर उकास्ने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको पसगाउँ सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष एवं क्व्होलासोँथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले बताए । 

ग्रामीण पर्यटनको विस्तार गर्ने, लोकसंस्कृतिको संरक्षण एवं संवद्र्धन गर्ने, स्थानीय हस्तकला प्रदर्शनी गर्ने, पसगाउँलाई देश–विदेशमा चिनाउने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको अध्यक्ष गुरुङले बताए । महोत्सवमार्फत पसगाउँको मौलिक संस्कृति कृष्ण चरित्र नृत्य, झ्याउरे नाच, सारंगी नृत्य, घाटुजस्ता लोपोन्मुख नृत्यहरूको संरक्षण, प्रवद्र्धन र नयाँ पुस्तामा हस्तान्तरण गर्न टेवा पुग्ने वडाध्यक्ष मनलाल गुरुङले बताए । लमजुङ सदरमुकाम बेँसीसहरदेखि पालिका केन्द्र मालिङ, साल्मेभन्ज्याङ हुँदै पसगाउँ पुग्न सकिन्छ ।