१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o६:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

सूर्य नेपाल वेस्टर्न ओपन आजदेखि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:२६:oo

पोखरामा सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको चौथो सूर्य नेपाल वेस्टर्न ओपन बुधबारदेखि हिमालयन गल्फ क्लब सुरु हुँदै छ । तीन दिनसम्म चल्ने प्रतियोगिता ५४ होलको हुनेछ । काठमाडौंबाहिर हुने दुई प्रतियोगितामध्ये सूर्य नेपाल वेस्टर्न ओपनमा ३५ प्रोफेसनल र १५ एमेच्योर खेलाडीको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । साबिक विजेता तथा नेपाल नम्बर एक गल्फर शुक्रबहादुर राईसँगै सुवास तामाङ भारतीय गल्फ टुरमा व्यस्त छन् । 

यसैकारण, दुवै उपाधिका दाबेदार गल्फर वेस्टर्न ओपनमा सहभागी हुनेछैनन् । धरानमा गत माघमा भएको सूर्य नेपाल इस्टर्न ओपनको उपाधि जितेर शुक्र भारतीय गल्फ टुरमा सहभागिता जनाउन गएका हुन् । नेपालका पूर्वनम्बर एक एमेच्योर गल्फर सुवासले प्रोफेसनल गल्फ टुर अफ इन्डियाको क्वालिफाइङ स्कुलमा दोस्रो हुँदै भारतीय गल्फ टुरको २०२४ सिजनका लागि कार्ड प्राप्त गरेका हुन् ।

दिनेश र भुवन दाबेदार
यो सिजनको दोस्रो सूर्य नेपाल एनपिजिए म्याच प्लेका उपाधि विजेता दिनेश प्रजापतिसहित पूर्व नम्बर एक खेलाडी भुवन नगरकोटी र रवि खड्का, जयराम श्रेष्ठ, नीरज तामाङ, सञ्जय लामा, धनबहादुर थापा दाबेदार खेलाडी हुन् । प्रतियोगितामा नेपाली राष्ट्रिय गल्फ टिमका एमेच्योर खेलाडी सदभाव आचार्य पनि दाबेदारमध्येका एक हुन् । 

ad
ad