१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार ११:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

बजाजको ‘१०० एनएस राइड’ सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:१४:oo

 बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलासचन्द एन्ड कम्पनीले बजाज पल्सर ‘१०० एनएस राइड’ सम्पन्न गरेको छ । कम्पनीले एक सयवटा बिरुवा रोप्ने उद्देश्यका साथ सगरमाथा र जनकपुर क्षेत्रका ग्राहकलाई समेटेर १०० एनएस राइड आयोजना गरेको हो । 

कम्पनीले विश्व सिमसार दिवसको अवसर पारेर गरेको उक्त राइड कार्यक्रममा उदयपुर कटारीमा रहेको सिसाघारी सिमसार क्षेत्रमा एक सयभन्दा धेरै फलफूलका बिरुवा वृक्षारोपण गरेको जनाइएको छ । एक सयभन्दा धेरै एनएस ग्राहक सहभागी यो राइडमा जनकपुर, धनुषाधाम, यदुकुवा, जलेश्वर, मिर्चैया, गोलबजार, राजविराज, बर्दिवास, गाईघाट, लहानलगायत विभिन्न स्थानका राइडर सहभागी रहेको उल्लेख छ । उक्त कार्यक्रममा सहभागी सबै राइडरले उत्साहका साथ वृक्षारोपण गर्नुका साथै विभिन्न मनोरञ्जनात्मक खेलहरूमा भाग लिएको जनाइएको छ ।  

विभिन्न खेलका विजेतालाई कम्पनीले उपहारस्वरूप फुल हेलमेट प्रदान गरेको जनाएको छ । उक्त राइडमा ५० वर्षभन्दा बढी उमेर समूहका तथा महिला राइडरको समेत सहभागिता रहेको जनाइएको छ । ‘१०० एनएस राइडर्सको एउटै उद्देश्य’ भन्ने मूल नाराका साथ आयोजना गरेको यो कार्यक्रम नेपालको सबैभन्दा ठूलो कम्युनिटी राइड भएको कम्पनीले दाबी गरेको छ ।

ad
ad