१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १o:४९:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

माघमा ५१ हजार  घरजग्गाको लिखत पारित 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:४९:oo

लामो समयदेखि सुस्ताएको घरजग्गा कारोबार बढ्न थालेको छ । माघ महिनामा देशभर ५० हजार नौ सय २१ घरजग्गाको लिखत पारित भएको छ । यो गत वर्षको सोही महिनाभन्दा २३ प्रतिशत बढी हो । गत वर्षको माघमा ४१ हजार ८६ घरजग्गाको लिखत पारित भएको भूमि व्यवस्थापन विभागको तथ्यांक छ । चालू वर्षकै पुसमा ४६ हजार ३० घरजग्गाको लिखत पारित भएको थियो । पछिल्लो तीन महिनायता घरजग्गा कारोबार निरन्तर उकालो लागेर राजस्व संकलन पनि बढेको छ । पुसमा तीन अर्ब २० करोड ५२ लाख मालपोत राजस्व संकलन भएकोमा माघमा तीन अर्ब ३७ करोड ५७ लाख पुगेको छ । 

कृषि र गैरकृषि भनेर वर्गीकरण नगरेको जग्गाको पनि कित्ताकाट खुल्नु, बैंकमा तरलता बढ्नु, ब्याजदर घट्दै जानुलगायत कारण घरजग्गा कारोबार बढेको व्यवसायीको बुझाइ छ । पछिल्लो समय लगानीयोग्य रकम (तरलता) बढेपछि बैंकहरूले एकल विन्दु ब्याजदरमै आवास कर्जाका स्किम ल्याउन थालेका छन् ।  

धेरै घरजग्गा किनबेच हुने मालपोत
माघ महिनामा सबैभन्दा धेरै घरजग्गाको लिखत पारित धनुषाको जनकपुरधाम मालपोत कार्यालय पहिलो बनेको छ । एक महिनामा जनकपुरबाट दुई हजार ९२ घरजग्गाको लिखत पारित भएको छ । सुनसरीको इनरुवा मालपोतबाट दुई हजार ३२, झापाको भद्रपुरबाट १९ सय, मोरङको बेलबारीबाट १६ सय ८३, सप्तरीको राजविराजबाट १४ सय, महोत्तरीको जलेश्वरबाट १२ सय ९२, सिराहाबाट ११ सय १३, सर्लाहीको मलंगवाबाट एक हजार ८०, पर्साबाट एक हजार ६७, बाराको कलैयाबाट एक हजार ३३ घरजग्गाको लिखत पारित भएको भूमि विभागले जनाएको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा रहेका नौ मालपोत कार्यालयबाट माघमा चार हजार एक सय ६५ घरजग्गाको लिखत पारित भएको छ । ललितपुरको लगनखेल मालपोतबाट नौ सय २७, गोटीखेलबाट ३१, भक्तपुरबाट नौ सय ९५, डिल्लीबजारबाट दुई सय पाँच, चाबहिलबाट चार सय ४७, कलंकीबाट ६ सय ६७, साँखुबाट चार सय आठ, मनमैजुबाट तीन सय नौ र टोखा मालपोतबाट एक सय ७६ घरजग्गाको लिखत पारित भएको छ ।

ad
ad