१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार २o:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

गाजामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या २९ हजारनजिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार २o:३३:oo

गाजापट्टीमा मृत्यु हुने प्यालेस्टाइनीहरूको संख्या २८ हजार ९८५ पुगेको छ। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले आइतबार जनाएअनुसार गत अक्टोबर ७ मा सुरु भएको इजरायल–हमास द्वन्द्वपछि तटीय क्षेत्रमा ६८ हजार ८८३ प्यालेस्टाइनीहरू घाइते भएका छन्। 

इजरायली सेनाको आक्रमणबाट पछिल्लो २४ घण्टामा १२७ प्यालेस्टाइनीको मृत्यु  भएको छ भने २०५ जना घाइते भएका छन्। प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले दक्षिणी गाजापट्टीको खान युनिस सहरको अलअमल अस्पतालले इजरायली ट्यांकहरूबाट थुप्रै प्रत्यक्ष आक्रमणहरू भएको बताएको छ। (रासस-सिन्ह्वा)

ad
ad