१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार १८:o६:oo
Read Time : > 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

हेटौँडामा चलचित्र पत्रकारको राष्ट्रिय भेला सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १८:o६:oo

चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला बागमती प्रदेशको राजधानी हेटौँडामा सुरु भएको छ। कार्यक्रममा सहभागी हुन देशभरबाट करिब २५० बढी पत्रकार र कलाकारहरू भेला भएका छन्।

संस्था स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा संघको आयोजनामा ८ गतेसम्म चल्ने भेलामा सिनेमा संवाद, अन्तर्क्रिया, कार्यशाला, गोष्ठी, कार्यपत्र प्रस्तुतलगायत विषयका ११ वटा सेसन सञ्चालन हुने संघका केन्द्रीय अध्यक्ष समीर बलामीले जानकारी दिए।

भेलाको आइतबार दिउँसो एक औपचारिक कार्यक्रमबीच हेटौँडा उपमहानगरपालिकाकी मेयर मीना लामाले उद्घाटन गरेकी हुन्। कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयर लामाले चलचित्र क्षेत्रलाई व्यक्ति र पेसा मात्रै भन्दा पनि राज्यको संस्कृति र पहिचानसँग जोड्नुपर्ने बताइन्। उनले चलचित्रले नेपाली कला, संस्कृति, परम्परा र जीवनशैलीलाई उजागर गर्नुपर्नेमा जोड दिइन्।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्रकर्मी र पत्रकारबीचको दूरी बढ्दो क्रममा रहेको भन्दै यस्ता भेलाले सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरे। उनले विगतमा चलचित्र क्षेत्रको विकासमा कलाकर्मी र पत्रकार एकजुट भएर काम गर्ने गरेको स्मरण गराउँदै हातेमालो गरेर अगाडि बढ्न आग्रह गरे।

यसैगरी, बागमती प्रदेश सञ्चार रजिस्ट्रार रेवती सापकोटाले चलचित्र क्षेत्रको विकासका लागि प्रदेश सरकारले कानुन निर्माण गर्ने तयारी गरेको जानकारी दिए। उनले ऐन निर्माणका लागि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मस्यौदा तयार गरिरहेको जानकारी दिए। एक वर्षभित्र चलचित्र क्षेत्रमा नयाँपनको महसुस हुने गरी काम गरिरहेको उल्लेख गर्दै सापकोटाले चलचित्र क्षेत्रको विकासका लागि चलचित्र पत्रकार र लेखनका लागि कार्यशाला सञ्चालन गरिरहेको पनि बताए।

भेलाले सिनेमालाई पर्यटनको आधारको रूपमा अघि बढाउने, पर्यटकीय क्षेत्रका लागि प्रचुर सम्भावना बोकेका र सिनेमाका विषयवस्तुसँग जोडिनसक्ने स्थानीय ठाउँहरूलाई सिनेमाको माध्यमबाट प्रचारप्रसार र पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने भेलाको व्यवस्थापनमा सहयोग गरिरहेको चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष कपिल खड्काले बताए।

ad
ad