१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार o७:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

इस्टर्न सहाराले ३० लाख  कित्ता आइपिओ जारी गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o७:३७:oo

इस्टर्न सहारा कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन (आइपिओ) जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले ३० लाख कित्ता सेयर जारी गर्नेछ । कम्पनीले सेयर सार्वजनिक निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ । सेयर निष्कासन तथा बिक्रीसम्बन्धी दुवै पक्षबीच सम्झौता भएको छ । 

इस्टर्नले छरिएर रहेका स–साना पुँजीलाई एकीकृत रूपमा परिचालन गरी ग्रिन फाइनान्सिङ र प्रमोट गर्ने तथा कार्बन उत्सर्जनलाई न्यूनीकरण गर्ने परियोजनामा लगानी गर्ने उद्देश्य राखेको बताइएको छ । हाल कम्पनीले जलविद्युत्, कृषि पर्यटन, अटोमोबाइल्स, सौर्य ऊर्जाका क्षेत्रसँग सम्बन्धित परियोजनामा लगानी गरेको छ ।

बैंकिङ, सहकारी, लघुवित्त तथा हाइड्रोपावर क्षेत्रसँग सम्बन्धित प्रतिष्ठित व्यक्तिहरू, ख्यातिप्राप्त व्यवसायी, उद्यमी, चार्टर्ड एकाउन्टेन्ट तथा अन्य प्रोफेसनललगायतका प्रबुद्ध व्यक्तिहरूको समूहद्वारा संस्थापित र सञ्चालित यस कम्पनीले स्वःपुँजीको क्षेत्रमा आफ्ना लगानीलाई विस्तार र विविधीकरण गरी मुलुकको ग्रिन फाइनान्सिङमा टेवा पुर्‍याई आर्थिक विकासमा योगदान पुर्‍याउने उद्देश्य लिएको छ ।
 

ad
ad