१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
कैलालीको टीकापुर बजार
२o८१ बैशाख २० बिहीबार o६:१३:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

टीकापुर जग्गा हिनामिनाको सिआइबीबाट थप अनुसन्धान हुँदै 

नक्कली कागजात बनाई टीकापुरको सरकारी जग्गा व्यक्तिका नाममा ल्याउने २४९ विरुद्ध  अख्तियारले २५ माघमा विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:१३:oo

टीकापुर नगरपालिका–१ टीकापुर विकास समितिको नामका नक्कली कागजात खडा गरी समितिको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गरेको अख्तियारको अभियोग छ । टीकापुर विकास समितिको नाममा अभिलेख रहेका सक्कल कागजातजस्तै गरी पुरानो मितिका नक्कली घडेरी प्रमाणित पत्र, रकम बुझाएको रसिदलगायत किर्ते गरी जग्गा हिनामिना भएको अख्तियारको दाबी छ । तिनै नक्कली कागजपत्रमाथि प्रहरीले थप छानबिन थालेको हो । अख्तियारले नगर विकास समितिका पूर्वअध्यक्षहरू नेत्रप्रसाद जोशी, ललित ताम्राकार र धीजराज रेग्मीविरुद्ध मुद्दा दायर गरेको छ । ०६६ देखि पटक–पटक त्यसरी जग्गा हिनामिना भएको हो। 

कैलालीको टीकापुरस्थित टीकापुर नगर विकास समितिको स्वामित्वमा रहेको सरकारी सार्वजनिक जग्गा हिनामिनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले थप अनुसन्धान अघि बढाएको छ । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिनामिनामा संलग्न दुई सय ४९ जनाविरुद्ध मुद्दा दायर गरिसकेको छ । 

किरण बज्राचार्य प्रमुख, सिआइबी
जग्गा हिनामिना गर्दा कागजपत्र किर्ते बनाइएकाले त्यससम्बन्धी अनुसन्धानका लागि अख्तियारबाट पत्र आएको छ । लिखत किर्तेसम्बन्धी कसुरमा हामीले यसमा अनुसन्धान थालेका छौँ ।

जग्गा हिनामिनाको क्रममा थुप्रै सरकारी कागजपत्र किर्ते बनाइएको खुलेपछि प्रहरीले पनि छुट्टै अनुसन्धान अघि बढाएको हो । यससम्बन्धी अनुसन्धानका लागि अख्तियारले नै प्रहरीलाई पत्राचार गरेको थियो । अख्तियारको पत्रका आधारमा अनुसन्धान अघि बढेको सिआइबीकी प्रमुख एआइजी किरण बज्राचार्यले बताइन् ।

‘जग्गा हिनामिना गर्दा कागजपत्र किर्ते बनाइएकाले त्यससम्बन्धी अनुसन्धानका लागि अख्तियारबाट पत्र आएको छ,’ उनले भनिन्, ‘लिखत किर्तेसम्बन्धी कसुरमा हामीले यसमा अनुसन्धान थालेका छौँ ।’ 

गत २५ माघमा अख्तियारले कैलालीको नगर विकास समितिका तत्कालीन अध्यक्ष तथा पदाधिकारी, कर्मचारी र जग्गाधनी गरी दुई सय ४९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । टीकापुर नगरपालिका– १ टीकापुर विकास समितिको नामका नक्कली कागजात खडा गरी समितिको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गरेको अख्तियारको अभियोग छ । टीकापुर विकास समितिको नाममा अभिलेख रहेका सक्कल कागजातजस्तै गरी पुरानो मितिका नक्कली घडेरी प्रमाणितपत्र, रकम बुझाएको रसिदलगायत किर्ते गरी जग्गा हिनामिना भएको अख्तियारको दाबी छ । तिनै नक्कली कागजपत्रमाथि प्रहरीले थप छानबिन थालेको हो । अख्तियारले नगर विकास समितिका पूर्वअध्यक्षहरू नेत्रप्रसाद जोशी, ललित ताम्राकार र धीजराज रेग्मीविरुद्ध मुद्दा दायर गरेको छ । ०६६ देखि पटक–पटक गरेर त्यसरी जग्गा हिनामिना भएको हो । 

ती कागजात राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्दा नमुना मिसिलसँग नभिडेको पुष्टि भएपछि समितिको घडेरी व्यक्तिगत स्वार्थ र सम्बन्धका आधारमा व्यक्तिविशेषका नाममा वितरण गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ । आयोगले मालपोत र नापी कार्यालयका कर्मचारीलाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । मालपोत कार्यालय टीकापुरका तत्कालीन मालपोत अधिकृत जयबहादुर विष्ट, नापी कार्यालय, टीकापुरका तत्कालीन नापी अधिकृतद्वय मानबहादुर चन्द र गणेशबहादुर बमलाई पनि अख्तियारले प्रतिवादी कायम गरेको छ । प्रहरीले पनि पदाधिकारी, कर्मचारी र जग्गाधनी सबैमाथि अनुसन्धान गर्ने भएको छ । 

यसअघि ललितानिवास जग्गा भ्रष्टाचारमा अख्तियार र प्रहरीबाट छुट्टाछुट्टै अनुसन्धान भई मुद्दा दायर भएको थियो । टीकापुर जग्गा हिनामिनाको पनि ललितानिवासजस्तै विस्तृत अनुसन्धान गर्ने सिआइबीको तयारी छ । 
 

ad
ad