Skip This
धादिङमा बस र ट्रक ठोक्किँदा २० जनाभन्दा बढी घाइते
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण ५ शनिबार
  • Saturday, 27 July, 2024
रासस मलेखु
२o८o फाल्गुण ५ शनिबार १२:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धादिङमा बस र ट्रक ठोक्किँदा २० जनाभन्दा बढी घाइते

Read Time : < 1 मिनेट
रासस, मलेखु
नयाँ पत्रिका
२o८o फाल्गुण ५ शनिबार १२:२o:oo

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ हिलटप मोडमा बस र ट्रक एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन्। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ।

काठमाडौंबाट तीर्थयात्री बोकेर चितवनतर्फ गइरहेको बस र विपरीत दिशाबाट आइरहेको ट्रक हिलटप मोडमा आज बिहान ठोक्किएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए।

घाइतेको मलेखुको राजमार्ग अस्पताल र मलेखु टिचिङ अस्पतालमा उपचार भइरहेको जैसवारले बताए। घाइतेको विवरण भने आउन बाँकी छ। बसमा ३० जना तीर्थयात्री सवार थिए।