१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १४:१६:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

युरोपियन युनियनको सहायता निरन्तर हुन्छ : राजदूत 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:१६:oo

युरोपियन युनियनले नेपाललाई समावेशी हरित वृद्धि, मानव संसाधन विकास र  सुशासनमा भइरहेकाे सहायतालाई निरन्तरता दिने भएको छ।

नेपालसँग कूटनीतिक सम्बन्धको ५०औँ वर्षका अवसरमा आयोजित पत्रकार सम्मेलनमा नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोले नेपाललाई सहयोग निरन्तर रहने बताएकी छिन्।

‘सँगसँगै बलियो हुँदै’ भन्ने नाराका साथ नेपाल र इयूबीच ५०औँ वर्षगाठका मनाउन थालिएको राजदूत भेरोनिकले जानकारी दिइन्। उनले  पचास वर्षको सहकार्य सुखद भएको र आपसी समझदारी थप बलियो हुँदै गएको बताइन्।

युरोपियन युनियन र नेपालले राजनीतिक तथा आर्थिक सम्बन्ध सन् १९७४ मा स्थापित गरेका थिए भने सन् १९९६ को जुन १ मा साझेदारी सम्झौता सम्पन्न भएको थियो।

विगत ५० वर्षको यात्राको दौरानमा दुवै साझेदारहरूमा उल्लेख्य परिवर्तनहरू भएका तथा सन् १९९३ देखि  तत्कालीन युरोपियन आर्थिक समिति युरोपियन युनियनमा परिणत भएको थियो।

राजदूतका अनुसार सन् २०१० मा युनियनले युरोपियन एक्सटर्नल एक्सन सर्भिस स्थापना गर्दै साझा वैदेशिक तथा सुरक्षा नीति तर्जुमा गरेको छ। 

युरोपियन युनियन र नेपालले नियममा आधारित अन्तर्राष्ट्रिय मापदण्ड, शान्ति तथा समृद्धि, मानव अधिकार र लोकतन्त्रको संरक्षण र प्रवर्द्धनको सन्दर्भमा साझा प्रतिबद्धता जनाएका छन्। ‘शान्ति तथा समृद्धिका लागि सँगसँगै काम गर्ने हाम्रो दृढ प्रतिबद्धताका कारण हाम्रो साझेदारी हरेक वर्ष थप बलियो हुँदै गएको छ,’ राजदूत भेरोनिकल भनिन्। 

सन् २०२६ सम्ममा अल्पविकसित देशहरूको सूचीबाट नेपाल स्तरोन्नति गर्ने सन्दर्भमा युरोपियन युनियन र यसका सदस्य राष्ट्रहरू, अर्थात् ‘टिम युरोप’ सहायता निरन्तर दिने उनको भनाइ छ। 

भविष्यमा युरोपियन युनियन ग्लोबल गेटवेमार्फत नवीकरणीय ऊर्जाको क्षेत्रमा सहायताका लागि विस्तृत खाका तयार गर्ने पनि राजदूतले बताइन्। उनका अनुसार यो वर्षभरि विभिन्न कार्यक्रम मनाइनेछ। नेपाल युरोपियन युनियन चलचित्र महोत्सव आगामी मार्च २० मा सुरु हुनेछ। 

त्यस्तै सदाझैँ ‘युरोप दिवस’ मे ९ मा मनाइनेछ भने युरोपियन युनियन–नेपाल बिजिनेस फोरम र फेयर मे १५ र १६ मा आयोजना हुनेछ। आगामी अगस्टमा फोटो प्रतियोगिता आयोजना हुनेछ भने सेप्टेम्बरमा देशको सातै प्रदेशमा ‘इरासमस रोड शाे’ आयोजना हुनेछ। 


 

ad
ad