१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १o:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

महिला जागृति वृद्धाश्रमलाई सिटिजन्स बैंकको सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १o:३८:oo

 सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मोरङको बुढीगंगा गाउँपालिकामा रहेको महिला जागृति तथा वृद्धाश्रमलार्ई सहयोग प्रदान गरेको छ । ज्येष्ठ नागरिकलाई आश्रय दिइरहेको सो संस्थालाई बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ६ महिनालाई पुग्ने दैनिक उपभोग्य खाद्यान्न तथा अन्य सामग्री उपलब्ध गराएको हो । 

दाताबाट प्राप्त सहयोगबाट सञ्चालन भइरहेको उक्त वृद्धाश्रममा पुगी बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग सामग्री हस्तान्तरण गरेको बैंकले जनाएको छ । सहयोग हस्तान्तरणपछि प्रमुख कार्यकारी अधिकृत पोखरेलले एक वृद्धाले सञ्चालन गरेर समाजमा अनुकरणीय काम गर्दै आएको संस्थालाई सहयोग गर्न पाएको बताए । सानो भए तापनि सहयोग गरेर समाजप्रतिको उत्तरदायित्व बोध गर्न पाएको भन्दै उनले सन्तुष्टि व्यक्त गरेका थिए ।

बैंकले हाल देशका ५५ जिल्लामा एक सय ९० शाखा, एक सय ५२ एटिएम र ९७ वटा शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिइरहेको जनाएको छ । बैंकले १७ लाख १९ हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

ad
ad