१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
फाइल तस्बिर ।
समाचार डिजिटल संस्करण

ललितानिवास जग्गा प्रकरणमा दीप बस्न्यात र छविराज पन्तलाई दुई वर्ष कैद, गच्छदारले पाए सफाइ

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १९:१४:oo

ललितानिवासको जग्गासम्बन्धी भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पुर्वप्रमुख आयुक्त दीप बस्न्यात र पूर्वसचिव छविराज पन्त दोषी ठहर भएका छन् । 

विशेष अदालतले सो मुद्दामा फैसला सुनाउँदै  दुवैलाई जनही दुई वर्ष कैद र ८० लाख ४८ हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ । 

बालुवाटारस्थित प्रधानमन्त्रीनिवास विस्तार गर्दा भ्रष्टाचार गरेको अभियोगमा उनीहरू दोषी ठहर  भएका हुन् । त्यति वेला बस्नेत भौतिक योजना मन्त्रालयका सचिव थिए भने पन्त भूमिसुधार मन्त्रालयमा थिए ।  

विशेषका सदस्यत्रय खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले यो मुद्दा दर्ता भएको चार वर्षपछि फैसला  सुनाएको हो । यो मुद्दामा मुख्य बिचौलिया शोभाकान्त र रामकुमार सुवेदीसहित १२ जनालाई मुख्य कसुरदारको रुपमा सजाय भएको छ ।

सो मुद्दामा तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारले भने सफाइ पाएका छन् । यस्तै, भूमिसुधार मन्त्रालयका तत्कालीन मन्त्री चन्द्रदेव जोशी र सचिव दिनेशहरि अधिकारीले सफाइ पाएका छन् ।

तत्कालीन सचिव अधिकारीले मन्त्रीपरिषदको निर्णयअनुसार परिवर्तित सन्दर्भमा पुनः प्रस्ताव पेश गरेको तथा जोशीले भूमिसुधार मन्त्रीको हैसियतमा सोही प्रस्ताव पेश गर्न स्वीकृतिसम्म देखिन आएको तर बदनियत तत्वको अभाव देखिएको फैसलामा उल्लेख छ ।
 

ad
ad