१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
तस्बिर : समाचार एजेन्सी योनहाप
रासस सियोल
२o८१ बैशाख २२ शनिबार १८:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

दक्षिण कोरियाको आधा जनसंख्या सियोल क्षेत्रमा

Read Time : < 1 मिनेट
रासस, सियोल
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १८:३६:oo

दक्षिण कोरियाको कुल जनसंख्याको आधाभन्दा बढी सियोल क्षेत्रमा रहेको सरकारी तथ्यांकले देखाएको छ। 

सरकारी तथ्यांकलाई उद्धृत गर्दै योनहाप समाचार एजेन्सीले लेखेको छ, ‘देशको कुल जनसंख्याको आधा संख्या सियोल महानगरीय क्षेत्रमा बसोबास गर्ने र आधाभन्दा बढी रोजगार व्यक्ति पनि सोही क्षेत्रमा बसोबास गर्ने गरेका छन्।’ 

राजधानी सियोल, यसको आसपासको ग्योन्गी प्रान्त र पश्चिमी सहर इन्चोनमा दर्ता भएका बासिन्दाहरूको संख्या डिसेम्बर २०२३ को अन्त्यसम्ममा दुई करोड ६० लाख १४ हजार २६५ रहेको थियो। यो कुल जनसंख्याको ५०.७ प्रतिशत हो।

हालैका वर्षहरूमा सियोलमा बसोबास गर्ने नागरिकको संख्या घट्दो क्रममा रहेको भए पनि ग्योन्गी र इन्चोनमा बसोबास गर्नेको संख्यामा वृद्धि भएको छ।

सन् २०१९ मा महानगरको कुल जनसंख्याको अनुपात ५० प्रतिशत रहेकोमा सन् २०२१ मा ५०.४ प्रतिशत र सन् २०२३ मा ५०.७ प्रतिशत पुगेको छ।

महानगरीय क्षेत्रमा बसोबास गर्ने कर्मचारीहरूको संख्या डिसेम्बर २०२३ को अन्त्यमा करिब एक करोड ४४ लाख ८० हजार पुगेको थियो। यो देशको संयुक्त कामदारहरूको ५१.६ प्रतिशत हो।

महानगरीय क्षेत्रमा आधारित व्यवसायले सन् २०२२ मा देशको कुल व्यवसायको ४९.१ प्रतिशत ओगटेको थियो।

ad
ad