१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार o६:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सात महिनामा २२ अर्ब ६८ करोड विदेशी लगानी प्रतिबद्धता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o६:३१:oo

चालू आर्थिक वर्षको पहिलो सात महिनामा २२ अर्ब ६८ करोड १५ लाख रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएको छ । विभिन्न दुई सय ४१ उद्योग तथा परियोजनामार्फत सो परिमाणको विदेशी लगानी आउन लागेको उद्योग विभागले जनाएको छ । लगानीको स्वीकृति पाएका कुल उद्योगमध्ये दुई सय २६ साना रहेका छन् भने १२ वटा मझौला र तीनवटा ठूला परियोजना रहेका छन् ।

विभागका अनुसार, सबैभन्दा धेरै ४५ प्रतिशत एफडिआई पर्यटन उद्योगमा आउने भएको छ । पर्यटनका एक सय आठ परियोजनामार्फत यो लगानी आउने छ । यो क्षेत्रमा ८६ परियोजनाले एफडिआईको स्वीकृति पाएका छन् । जसमा कुल प्रस्तावित लगानीमध्ये ३६ प्रतिशत प्रतिबद्धता जनाइएको छ । 

यस्तै, म्यानुफ्याक्चरिङतर्फ २८ परियोजना, खानीतर्फ दुई, पूर्वाधारतर्फ पाँच, सूचना प्रविधितर्फ आठ, कृषितर्फ चार उद्योग तथा परियोजनाले लगानीको स्वीकृति पाएको विभागले जनाएको छ । जुन उद्योगमा कुल प्रस्तावित विदेशी लगानीमध्ये क्रमशः ११ प्रतिशत, एक प्रतिशत, दुई प्रतिशत, तीन प्रतिशत र दुई प्रतिशत लगानी आउने विभागले जनाएको छ ।  

माघमा साढे ३४ करोडको एफडिआई स्वीकृत 
उद्योग विभागले माघ महिनामा मात्रै १५ वटा उद्योग तथा परियोजनामा ३४ करोड ५० लाख रुपैयाँको विदेशी लगानी स्वीकृत गरेको छ । १५ वटै साना उद्योग रहेका छन् । यीमध्ये पर्यटनमा पाँच, सर्भिस क्षेत्रमा तीन, पूर्वाधारमा एक, सूचना प्रविधि क्षेत्रमा एक, म्यानुफ्याक्चरिङ क्षेत्रमा पाँचवटा उद्योग रहेका छन् ।  अहिलेसम्म ६ हजार ९८ उद्योग तथा परियोजनाले विदेशी लगानीको स्वीकृति पाएका छन् । यी उद्योग तथा परियोजनामा चार खर्ब ७२ अर्ब ५९ करोड रुपैयाँ एफडिआई स्वीकृत भएको विभागले जनाएको छ । 

ad
ad