१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १ मंगलबार
  • Wednesday, 03 July, 2024
२o८o फाल्गुण १ मंगलबार ११:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

स्वरोजगार बनाउन युवालाई सीपमूलक तालिम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण १ मंगलबार ११:१४:oo

 युवालाई स्वरोजगार बनाउन यहाँका स्थानीय तहले प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेका छन् । युवालाई सीप सिकाएर स्वरोजगारसँगै आत्मनिर्भर बनाउने लक्ष्यसाथ भोजपुर नगरपालिकाले एकमहिने सवारीचालक ड्राइभिङ तालिम सञ्चालन गरेको हो । आफ्नै ठाउँमा सीपमूलक तालिम लिन पाउँदा यहाँका स्थानीय युवा खुसी भएका छन् । सीप लिन धेरै खर्च गरेर धरान, इटहरीलगायत ठाउँमा जानुपर्ने बाध्यात्मक अवस्थामा आफ्नो ठाउँमा घरको खाना खाएर सीप सिक्न पाएकामा सहज भएको सहभागी स्थानीय बुद्धबल तामाङले बताए । लामो समय विदेशमा बिताएको भए पनि सीपका कारण राम्रो आम्दानी गर्न नसकेको उनको भनाइ छ ।

‘पैसा कमाउने लक्ष्यले विदेश गएँ,’ उनले भने, ‘सीपका कारण राम्रो आम्दानी गर्न सकिनँ, सीप लिएर स्वरोजगार बन्ने लक्ष्यले स्वदेश फर्केँ, अहिले स्थानीय तहको पहलमा सीप लिन पाएको छु, आफ्नै ठाउँमा निःशुल्क सीप लिन पाउँदा खुसी लागेको छ ।’ वडा र नगरपालिकाबाट विनियोजन भएको तीन लाख २० हजार रुपैयाँ बजेटमा तालिम सञ्चालन गरिएको हो ।

एक महिनासम्म भोजपुर–५, बोखिममा सञ्चालन भएको तालिममा वडा नं ८ पोखरेबाट पाँच, वडा नं ६ देउरालीबाट तीन, वडा नं ७ बाट दुई, वडा नं ९ काफ्लेबाट तीन र नगरपालिकाका तर्फबाट पाँच गरी १८ जनाको सहभागिता थियो । सिकेको सीपलाई सदुपयोग गर्ने गरी आउँदा दिनमा स्वरोगार बन्ने लक्ष्य रहेको सहभागी विमल रणपहेँलीले बताए । सीप सिक्न बाहिरको सहर जानुपर्ने अवस्थामा आफ्नै ठाउँमा स्थानीय तहको लगानीमा सीप लिन पाउँदा सहजता भएको बताए । 

युवालाई सीप सिकाएर स्वरोजगार बनाउने उद्देश्यले एकमहिने सीपमूलक तालिम दिइएको नगर उपप्रमुख निर्मला शेर्पाले बताइन् । युवालाई रोजगारसँग जोड्न आवश्यक तालिमसँगै सीप प्रदान गर्दै आएको छ । उहाँले सीप लिएका युवालाई व्यवसायसँग जोडेर अघि बढ्न बर्सेनि प्रोत्साहनका कार्यक्रम गरिरहेको उनको भनाइ छ । 

ad
ad
ad
ad