Skip This
भरतपुरमा तीन किलोमिटर मेसजाली निर्माण सुरु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २९ सोमबार
  • Friday, 26 July, 2024
२o८o माघ २९ सोमबार १o:३७:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

भरतपुरमा तीन किलोमिटर मेसजाली निर्माण सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ २९ सोमबार १o:३७:oo

वन्यजन्तु उच्च जोखिममा रहेको भरतपुरका चारवटा वडामा मेसजाली निर्माण सुरु भएको छ । भरतपुर महानगर वडा नम्बर २३, २४, २७ र २८ मा पर्ने वन्यजन्तु सहज रूपमा आउन मिल्ने स्थानमा सुरुवाती चरणमा मेसजाली निर्माण हुनेछ ।

महानगर र केन्द्र सरकारको दुई–दुई करोड गरी चार करोडको परियोजनाअन्तर्गत पहिलो चरणमा दुई करोड ७९ लाखको काम सुरु भएको महानगरकी प्रमुख रेनु दाहालले बताइन् । उनले भनिन् ‘छुटेको स्थानमा तत्काल सर्भे गरी नयाँ टेन्डर खुल्छ । मेसजाली निर्माणले वन्यजन्तुको जोखम अन्त्य हुने विश्वास लिएका छौँ ।’

प्रमुख दाहालले भरतपुरका वडा नम्बर ११, १२, ८, १३, २२, २३ हुँदै २८ सम्म वन्यजन्तुको जोखिम रहेको बताइन् । वनक्षेत्रनजिक भएका वडामा वन्यजन्तुसँगै बाढीको पनि उत्तिकै जोखिम रहेको भए पनि नारायणी र राप्तीको तटबन्धन निर्माण भएसँगै यहाँको प्रमुख समस्या समाधान भएर जाने उनको भनाइ छ ।

प्रमुख दाहालले पश्चिम चितवनवासीको मागअनुसार मेघौली विमानस्थलको स्तरोन्नतिको कार्य पनि सुरु भइसकेको र विमानस्थल व्यवस्थापनको कार्य क्रमिक रूपमा अगाडि बढाइने बताइन् ।

मेसजाली निर्माण कार्यका लागि चारवटा वडाको दक्षिणतर्फ जंगलको सिमानामा दुई करोड ७९ लाखमा ठेक्का सम्झौता भएको महानगरका वरिष्ठ इन्जिनियर सन्तोष आचार्यले जानकारी दिए ।

मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न चितवन राष्ट्रिय निकुञ्ज र राप्ती नदीसँग जोडिएको खुला क्षेत्रमा पहिलो चरणमा करिब तीन किलोमिटर मेसजाली निर्माण गरिने इन्जिनियर आचार्यले बताए । पश्चिम चितवनका तटीय क्षेत्रसँग जोडिएको बस्तीमा हात्ती, गैँडा, बँदेललगायत जनवारले बर्सेनि ठूलो जनधनको क्षति पुर्‍याउँदै आएको छ ।