१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
दोलखाको शैलुङ गाउँपालिका– ४ मागाका १९ वर्षीय मृतक भीष्म भण्डारी
२o८१ बैशाख २१ शुक्रबार o८:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

प्रेमिकाका आफन्तले गरे १९ वर्षीय युवकको घाँटी रेटेर हत्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:१७:oo

प्रेमसम्बन्धकै कारण शैलुङ गाउँपालिका– ४ मा एक युवकको हत्या भएको छ । गत ११ पुसमा दोलखाको शैलुङ गाउँपालिका– ४ मागाका १९ वर्षीय भीष्म भण्डारीलाई प्रेमसम्बन्ध राखेकै कारण प्रेमिकाका परिवारले घाँटी रेटेर हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय दोलखाले आइतबार पत्रकार सम्मेलन गरी उक्त बीभत्स हत्यामा संलग्नलाई सार्वजनिक गरेको हो । 

हत्या अभियोगमा पक्राउ परेका शैलुङ गाउँपालिका– ५ काटाकुटीका पुस्कर नेपाली, ईश्वर नेपाली र विशाल नेपालीलाई दोलखा प्रहरीले सार्वजनिक गरेको हो । उनीहरूले प्रहरीमा भण्डारीको हत्या खुकुरीले घाँटी रेटेर गरेको बयान दिएका छन् । दोलखा प्रहरी प्रमुख दीपक खड्काले युवकको हत्यामा उनीहरूको संलग्नता देखिएको र हत्या प्रेमसम्बन्धका कारण भएको बताए ।

बीभत्स हत्यामा संलग्न

प्रहरीका अनुसार ११ पुसको राति भण्डारी काटाकुटीस्थित १७ वर्षीया प्रेमिकाको घरमा बसेका थिए । गाउँको पूजामा गएका किशोरीका बाबु पुस्कर र ठूलोबुबा ईश्वर नेपाली मादक पदार्थ सेवन गरी घर आइपुग्दा भण्डारीलार्ई छोरीसँगै देखेपछि विवाद भएको प्रहरीले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

विवादपछि किशोरीका ठूलो बुबाका छोरा विशाल नेपाली पनि आएका थिए । त्यसपछि तीनैजना मिलेर भण्डारीलाई एकान्तमा लगेका थिए । विशालले घरबाट खुकुरी ल्याई भण्डारीलाई नजिकैको भट्टे भनिने ठाउँमा लगेर घाँटी रेटेर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

ad
ad