Skip This
बाँसबारी जग्गा प्रकरण : विनोद चौधरीकाे बयान लिन लामिछानेको आग्रह
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २८ आइतबार
  • Friday, 26 July, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८o माघ २८ आइतबार १६:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बाँसबारी जग्गा प्रकरण : विनोद चौधरीकाे बयान लिन लामिछानेको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o माघ २८ आइतबार १६:३५:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाँसबारी जग्गा प्रकरणमा सत्तारूढ नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग बयान लिनुपर्ने धारणा राखेका छन्।

आइतबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लामिछानेले चौधरीको च्याम्पियन फुटवेयर कम्पनी त्यसमा संलग्न रहेको उल्लेख गर्दै चौधरीलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताएका हुन्।

‘बाँसबारी जग्गा प्रकरणमा अरुण चौधरीलाई केही दिनअघि हिरासतमा राखेको देखियो। जग्गा हडप्दा चौधरीकै जति सेयर भएका अन्य साझेदारहरूमध्ये सत्तारूढ दलका सांसद विनोद चौधरीको च्याम्पियन फुटवेयर पनि देखिएको छ,’ उनले भने, ‘विनोद चौधरीजीलाई पनि थुन्नुपर्छ भनेको होइन, तर अनुसन्धानको दायरामा राखेर बयान लिन सकिन्थ्यो होला । बयान लिइयो कि लिइएन ?’