Skip This
जाजरकोट भूकम्पका सबै प्रभावितलाई तत्काल पुनर्स्थापना गर्न सांसद श्रेष्ठको माग
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २८ आइतबार
  • Friday, 26 July, 2024
रासस काठमाडौं
२o८o माघ २८ आइतबार १५:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जाजरकोट भूकम्पका सबै प्रभावितलाई तत्काल पुनर्स्थापना गर्न सांसद श्रेष्ठको माग

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८o माघ २८ आइतबार १५:३६:oo

राष्ट्रिय सभाका सांसदहरूले जाजरकोट भूकम्पपीडितहरू जाडोका कारण विभिन्न रोग र अभावबाट प्रभावित भएका भन्दै तत्काल उचित राहत र पुनर्स्थापनाको माग गरेका छन्।

राष्ट्रिय सभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै सांसद भैरवसुन्दर श्रेष्ठले जाजरकोटमा भूकम्पका प्रभावितमध्ये गर्भवती, सुत्केरी, बालबालिका थप पीडित भएको बताउँदै तत्काल उचित राहतका लागि सरकारको ध्यानाकर्षण गराए।

उनले सरकारले घोषणा गरेको राहत रकम अझै सबै परिवारले नपाएको उल्लेख गर्दै तत्काल उचित व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराए। भूकम्पपीडितको व्यवसाय नष्ट भएको उल्लेख गर्दै उनले सरकारले उनीहरूको पुनर्स्थापनाको पहल गर्नुपर्नेमा जोड दिए। 

यसैगरी, सांसद मोहम्मद खालिदले संविधानमा भएको व्यवस्थाबमोजिम देशभित्र बोलिने सबै राष्ट्रिय भाषालाई समान स्थान दिएर सम्मान गर्नुपर्ने बताए। उनले दुई प्रतिशतको हाराहारीमा बोलिने मुस्लिम समुदायसँग जोडिएको उर्दू भाषालाई राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले प्राथमिकता दिनुपर्ने माग गरे।