१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
समाचार डिजिटल संस्करण

वेस्टर्न डेभलपमेन्ट बैंक घोटालाका पीडितहरू प्रदर्शनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १८:३o:oo

तत्कालीन वेस्टर्न डेभलपमेन्ट बैंक लिमिटेड घोटालाका पीडित ऋणीहरूले शनिबार दाङमा प्रदर्शन गरेका छन्। बैंकका सञ्चालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत र तत्कालीन शाखा प्रबन्धकको मिलेमतोमा भएको घोटालामा आफूहरूलाई फसाइएको दाबी गर्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा पीडित ऋणी, उनीहरूका परिवार र सामाजिक अभियन्तासहित ५०० हाराहारीको उपस्थिति थियो। तुलसीपुर चोकबाट सुरु भएको प्रदर्शन सहर परिक्रमा गरी पुनः सोही चोकमा आई कोणसभामा परिणत भएको थियो।

कोणसभामा बोल्दै पीडितहरूले अदालतको सेटिङमा सोझा जनतालाई फसाएर खास दोषीलाई उन्मुक्ति दिइएको आरोप लगाए।

तत्कालीन वेस्टर्न डेभलपमेन्ट बैंकमा कुल १८ करोड रुपैयाँ घोटाला भएको थियो। बैंकका प्रबन्धक समीर बुढाथोकीले आफू नगदमा सापटी लिने र फर्जी ऋणी खडा गरेर आफूले सापटी लिएकाहरूको खातामा फर्जी ऋणबापतको रकम हाली घोटाला गरेका थिए। सोही कारण आफूले नगदमा सापटी दिएका र बैंक खातामार्फत पैसा फिर्ता लिएकाहरू यो केसमा फसेका हुन्।

ad
ad