१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
रमेश सुवेदी काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १५:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

कप्तान रोहितले दिलाए ब्रेक थ्रु, अर्धशतक बनाएका क्यानडाका पर्गत सिंह आउट

Read Time : < 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १५:१९:oo

नेपालका सबै मुख्य बलरको टाउकोदुखाइ बनेका क्यानडाका टप अर्डर ब्याटर पर्गत सिंह अर्धशतक बनाएलगत्तै पेभेलियन फर्किएका छन् । ५८ बलमा नौ चौकाको मद्दतमा ५० बनाएका पर्गतलाई नेपाली पार्टटाइम बलर कप्तान रोहितकुमार पौडेलले आउट गराएका हुन् । 

२.५ ओभरमा १९ रन हुँदा पहिलो, ५.६ ओभरमा ३५ रन हुँदा दोस्रो विकेट गुमाएको क्यानडाले १९.४ ओभरमा एक सय १४ रन बनाएपछि मात्र तेस्रो विकेट गुमायो । पर्गतले निकोलास किर्टोनसँग मिलेर ७९ रनको साझेदारी गरे । निकोलस अहिले पनि क्रिजमा छन् । 

सबै बलरलाई सहजै खेलिरहेका पर्गतविरुद्ध कप्तान रोहित आफैँ बलिङमा उत्रिएका थिए । रोहितविरुद्ध पनि ठूलो सट प्रहार गर्ने चक्करमा उनी ललितनारायण राजवंशीको हातबाट क्याचआउट भए । 

कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा अलआउट हुँदै दुई सय २४ रन बनाएपछि क्यानडा जवाफी ब्याटिङमा छ ।

ad
ad