Skip This
जसपा अध्यक्ष यादव भन्छन् – संघीय व्यवस्था संकटमा पर्दै गएको छ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २४ बुधबार
  • Saturday, 27 July, 2024
२o८o माघ २४ बुधबार २१:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जसपा अध्यक्ष यादव भन्छन् – संघीय व्यवस्था संकटमा पर्दै गएको छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ २४ बुधबार २१:o८:oo

जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले देशमा संघीय व्यवस्था संकटमा परेकाे दाबी गरेका छन्। बुधबार हेटौँडामा आयोजित नगर समिति घोषणा कार्यक्रममा उनले संविधानको संरचनागत ढाँचाको कारण संघीयता संकटमा परेकाे दाबी गरेका हुन्।

उनले संघीय सरकारले समयमै प्रदेश र स्थानीय सरकारहरूलाई उपलब्ध गराउनुपर्ने अधिकार प्रत्यायोजन नगर्दा पनि संघीयता संकटमा परेको बताए। ‘संघीय संरचनाको उद्देश्यअनुसार संघ सरकारले काम गर्न सकेको छैन। प्रदेश र स्थानीय तहले पाउनुपर्ने अधिकार अहिलेसम्म दिएको छैन। केन्द्रीय मानसिकता रहुन्जेल संघीयता कार्यान्वयन हुन कठिन छ,’ उनले भने।

अध्यक्ष यादवले संघीयताले मुलुकमा सोचेअनुरूपको स्थायित्व दिन असफल भएको उल्लेख गर्दै संघीयता आए पनि देशमा बेथिति नहटेको बताए। राजनीतिक परिवर्तनपछि देशमा सुशासन र विकास आउँछ भन्ने जनताको विश्वासमाथि दलहरूले भरोसालायक काम गर्न नसकेको उनको दाबी छ। 

मुलुकमा विकास गर्न, सुशासन कायम गर्न र जनतालाई लोकतन्त्रको प्रत्याभूति गराउन अहिलेको संविधानलाई संशोधन गर्न आवश्यक रहेको अध्यक्ष यादवले बताए।