१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १o:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

होन्डाले ल्यायो ‘एसपी १२५’ मोटरसाइकल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १o:५४:oo

होन्डा ब्रान्डले विभिन्न अत्याधुनिक प्रविधि थप गरी एसपी १२५ बिएसभिआई मोटरसाइकल ल्याएको छ । कम्पनीले १२५ सिसी क्षमताको मोटरसाइकल ल्याएको हो । 

ग्राहकको दैनिकीलाई अझ बढी सहज, विश्वसनीय तथा भरोसायुक्त बनाउन सफल हुने विश्वाससहित यो मोटरसाइकल नेपाल भित्र्याएको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले जनाएको छ । यसमा रहेको विशेष किसिमको चक्का तथा आकर्षक डिजिटल मिटरले चालकलाई नयाँ अनुभव दिने कम्पनीको दाबी छ ।

ह्यान्डलमै रहेको इन्जिन स्टार्ट स्टप स्विचले यात्रा सहजपूर्ण बनाउनुका साथै गुणस्तरीय एलइडी हेडलाइटले जुनसुकै मौसम तथा परिस्थितिमा सुरक्षाको प्रत्याभूति दिने कम्पनीले विश्वास व्यक्त गरेको छ । हाल यो मोटरसाइकल क्युआर कोड स्क्यान गरेर खरिद गर्ने ग्राहकका लागि दुई लाख ७८ हजार नौ सय रुपैयाँ मूल्य तोकिएको कम्पनीले जनाएको छ । 

ad
ad