१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार o८:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

बेलायतका राजालाई क्यान्सर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o८:o४:oo

बेलायतका राजा चार्ल्स तृतीयमा क्यान्सर देखिएको छ । राजा चार्ल्सलाई एक प्रकारको क्यान्सर भएको पत्ता लागेको बकिंघम दरबारले जनाएको हो । प्रोस्टेटको उपचारका क्रममा उनमा क्यान्सर भएको पत्ता लगाएको हो । तर, उनलाई कुन क्यान्सर भएको हो भन्नेबारे दरबारले केही खुलासा गरेको छैन । 

दरबारले यो प्रोस्टेट क्यान्सर नभएको बताएको छ । ७५ वर्षीय राजाले हालै लन्डनको एक निजी अस्पतालमा क्लिनिकमा प्रोस्टेटका लागि उपचार गराएका थिए । चाल्र्स सार्वजनिक गतिविधिमा सहभागी हुनेछैनन् । उनको उपचारको समयमा रानी कमिला एवं राजकुमार विलियमले राजकीय दायित्व निर्वाह गर्नेछन् । तर, राजाले निजी बैठकसहित राज्य प्रमुखको रूपमा आफ्नो संवैधानिक भूमिका जारी राख्नेछन् ।

राजाले व्यक्तिगत रूपमा दुवै छोरा राजकुमार विलियम र ह्यारीलाई आफूलाई भएको क्यान्सरबारे जानकारी दिएका छन् । बकिंघम दरबारले राजा ‘आफ्नो उपचारप्रति पूर्ण रूपमा सकारात्मक रहेको र सक्दो चाँडो सार्वजनिक जिम्मेवारीमा फर्किन इच्छुक रहेको’ उल्लेख गरेको छ । 

ad
ad