१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० माघ २३ मंगलबार १३:४२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल र भारतका खेलकुदमन्त्रीबीच भेटवार्ता, आपसी सहकार्यमा जोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० माघ २३ मंगलबार १३:४२:००

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले भारतका सूचना तथा प्रसारण एवं युवा तथा खेलकुदमन्त्री अनुराग ठाकुरसँग भेटवार्ता गरेका छन्।

दिल्लीस्थित ठाकुरको कार्यालयमा भएको भेटमा बिमस्टेक अक्वाटिक च्याम्पियनसिप (प्रतियोगिता) २०२४ बारे छलफल भएको छ।

प्रतियोगिता बुधबारदेखि शुक्रबारसम्म नयाँदिल्लीमा हुँदै छ। प्रतियोगिता शुभारम्भ भएको घोषणा भने मंगलबारै भएको छ। भारतीय खेलकुदमन्त्री ठाकुरले प्रतियोगिता सुरुवात भएको घोषणा गरेका हुन्।

‘हामीले दुई देशका खेलकुद, युवा शक्तिहरूबीच साझेदारीहरूका अवसर खोजी गर्ने, क्षेत्रीय एकता र सहकार्य सुदृढ र प्रवर्द्धन गर्ने विषयमा छलफल गरेका छौँ,’ भारतीय खेलकुदमन्त्री ठाकुरले ट्विटरमा भनेका छन्।

भारतले बिमस्टेकअन्तर्गतका पहिलो अन्तर्राष्ट्रिय खेलकुद आयोजना गर्न लागेकाे उनले जानकारी दिएका छन्।