१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o६:१६:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

विश्वकपको अनुभव बटुल्दै फर्किए खेलाडी

दक्षिण अफ्रिकामा चलिरहेको यू–१९ विश्वकपमा नेपालले भारत, पाकिस्तान, न्युजिल्यान्ड, बंगलादेश र अफगानिस्तानसँगको म्याच एक्सपोजर अनुभव बटुल्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:१६:oo

दक्षिण अफ्रिकामा चलिरहेको आइसिसी यू–१९ विश्वकप पुरुष क्रिकेट प्रतियोगितामा नेपाल सुपरसिक्समा भारत र बंगलादेशसँग पराजित हुँदै बाहिरिएको थियो । विश्वकपमा नेपालले सनसनी नतिजा निकाल्ने क्रममा यसपटक टेस्ट राष्ट्र अफगानिस्तानलाई आफ्नो सिकार बनायो । यस जितसँगै नेपाल सुपरसिक्समा स्थान सुरक्षित गर्‍यो । सन् २०१६ को संस्करणमा नेपाल क्वार्टरफाइनलसम्म पुगेको थियो ।

आठ वर्षपछि विश्वकपमा छनोट भएको नेपालले सुपरसिक्समा गतिलो प्रदर्शन गर्न सकेन । बलिङस्तरीय भए पनि ब्याटिङ नेपालको फितलो रह्यो । समग्रमा नेपाली युवा खेलाडीले विश्वकपमा अन्तर्राष्ट्रिय एक्सपोजर पाएका छन् । यसपटकको विश्वकप यात्राको महत्वपूर्ण पक्ष भनेको नेपालले पाँच टेस्ट राष्ट्रसँग प्रतिस्पर्धा गर्ने अवसर पायो । यही अनुभव बटुल्दै युवा खेलाडी सोमबार घर फर्किए । नेपाली युवा टोलीका कप्तान देव खनालले टेस्ट खेल्ने राष्ट्रका खेलाडीले अन्तर्राष्ट्रियस्तरमा ब्याटिङ र बलिङ कसरी गर्छन् भन्ने पक्ष राम्रोसँग नियालेको बताएका छन् । 

‘हामीले पाँच टेस्ट राष्ट्रविरुद्ध खेल्न अवसर पायौँ, यस्तो अवसर विरलै पाउँछौँ, यसपटक हामीले उनीहरूको बलिङ र ब्याटिङ गर्ने शैली हेरौँ,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार देवले पत्रकारसँग भने, ‘मैले हरेक खेलमा उनीहरूविरुद्धको खेलमा केही न केही सिकेँ ।’ अनुभवकै आधारमा खेलाडी परिपक्व हुने उनले बताए ।

  कप्तान देव सर्वाधिक रन बनाउने
यू–१९ विश्वकपमा नेपालले पाँच खेल खेल्यो । नेपालको ब्याटिङमा एकरुपता देखिएन । यद्यपि, नेपालका कप्तान देवले आफ्नो फर्मलाई निरन्तरता दिँदै ब्याटिङमा महत्वपूर्ण योगदान दिए । उनी नेपाली टोलीमा व्यक्तिगत रूपमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले पाँच खेलमा एक सय ८५ रन जोडे । उनले दुई सय ७३ बलमा २० चौका र एक छक्का प्रहार गरे । प्रतियोगितामा उनले अफगानिस्तानविरुद्ध ५८ रनको महत्वपूर्ण योगदान दिए । उनले भारतविरुद्ध ३३ रन, बंगलादेशविरुद्ध ३५ रन, पाकिस्तानसँगको खेलमा २३ रन र न्युजिल्यान्सँगको खेलमा ३६ रन बनाए । 

सुवास र आकाशले लिए समान नौ विकेट
प्रतियोगितामा नेपालका बलर सुवास भण्डारी र आकाश चन्दले समान पाँच खेलमा नौ विकेट लिएका थिए । सुवासले ४६.१ ओभर बलिङ गरी दुई सय २२ रन खर्चिए । आकाशले पाँच खेलमा दुई सय २७ रनमा नौ विकेट हात पारे । आकाशले अफगानिस्तानविरुद्ध ३४ रन खर्चेर पाँच विकेट लिए । सुवासले बंगलादेशसँगको खेलमा ४४ रन खर्चेर पाँच विकेट हात पारे । 

पाँच टेस्ट राष्ट्रविरुद्धको नतिजा 
प्रतियोगिताको समूह ‘डी’मा नेपालले न्युजिल्यान्ड, अफगानिस्तान र पाकिस्तानविरुद्ध प्रतिस्पर्धा गरेको थियो । नेपाल न्युजिल्यान्डसँग पहिलो खेलमा ६४ रनले पराजित भएको थियो । दोस्रो खेलमा पाकिस्तानले नेपालमाथि पाँच विकेटको जित निकाल्यो । 

यस समूहको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई ३२ बलअघि नै स्तब्ध पारेको थियो । समूह ‘डी’मा तेस्रो स्थानम रहँदै नेपालले सुपरसिक्स स्थान बनायो । नेपालले समूह ‘ए’को विजेता भारत र उपविजेता बंगलादेशविरुद्ध सुपरसिक्समा प्रतिस्पर्धा गर्‍यो । जहाँ नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित भयो । भारतले नेपाललाई एक सय ३२ रनको फराकिलोअन्तरले हरायो । 

ad
ad