१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार १६:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

अति खराब आर्थिक संकटबाट बाहिरिँदै श्रीलंका 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १६:१o:oo

अति खराब आर्थिक संकटबाट बाहिरिँदै गएको श्रीलंकाले बताएको छ। विदेशी मुद्रा सञ्चितिको चरम अभाव अनि ऋण तिर्ने क्षमता खस्किएका कारण सुरु भएको श्रीलंका अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को जमानत नियमनसम्बन्धी मितव्ययितापछि बिस्तारै अति खराब आर्थिक संकटबाट बाहिर आइरहेको श्रीलंकाको सरकारले जनाएको छ। 

आइतबार स्वतन्त्रता दिवसका अवसरमा गरिएको सम्बोधनमा राष्ट्रपति रनिल विक्रमासिंघेले यस्तो बताएका हुन्।  ‘आर्थिक रूपमा दिवालिया राष्ट्रको प्रतीक बनाइएको अपमान’को स्मरण गर्दै परम्परागत रूपमा आयोजना गरिने वार्षिक सम्बोधनमा उनले बिस्तारै अति खराब आर्थिक संकटबाट बाहिर आइरहेको बताएका हुन्। 

सन् २०२२ मा ४६ अर्ब अमेरिकी डलरबराबरको विदेशी ऋण नतिरेपछि श्रीलंका विदेशी मुद्रामा आएको कमीका कारण खाद्यान्न, इन्धन र अन्य अत्यावश्यक वस्तु आयात गर्न असमर्थ भएको थियो।

आर्थिक संकटको चरमोत्कर्षमा पुगेपछि श्रीलंकामा गरिएको महिनौँको नागरिक आन्दोलनको बलमा तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेलाई पदच्युत गरिएको थियो।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले गत वर्ष मार्चमा श्रीलंकालाई सुधार कार्यक्रमअन्तर्गत दुई अर्ब ९० करोड अमेरिकी डलरबराबरको चारवर्षे कर्जाको पहिलो किस्ता जारी गरेको थियो।

राष्ट्रपति विक्रमासिंघेले सम्बोधनका क्रममा भने, ‘यो यात्राको दौडान, चुनौतीहरू क्रमशः हट्नेछन्। जीवनका बोझहरू हल्का हुनेछन्। अर्थव्यवस्था मजबुत हुनेछ। विगतका गल्तीबाट अन्तरदृष्टि प्राप्त गर्नु र त्यसको पुनरावृत्ति हुनबाट जोगिनु अत्यावश्यक छ।’

सेन्ट्रल बैंक अफ श्रीलंकाको तथ्यांकअनुसार सरकारले जमानत कर्जालाई कायम राख्न आइएमएफका सर्तअनुसार कर बढाएपछि गत महिना मूल्यमा ६ प्रतिशतभन्दा बढीको वृद्धि भएको थियो।

बैंकका अनुसार ६.४ प्रतिशतको वृद्धि डिसेम्बरमा देखिएको ४.० प्रतिशतको तुलनामा निकै बढी हो। यद्यपि, सन् २०२२ मा श्रीलंकाको वित्तीय संकटको चरम विन्दुमा मुद्रास्फीति लगभग ७० प्रतिशतमा पुगेको थियो। अहिलेको मुद्रास्फीति त्यतिवेलाको स्तरको दशौँ हिस्साभन्दा पनि कम हो। 

ad
ad