मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २१ आइतबार
  • Monday, 17 March, 2025
तस्बिर : गेटी इमेजेज्
रासस बेइजिङ
२o८o माघ २१ आइतबार १५:o२:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

टेन्सेन्टद्वारा १२० भन्दा बढी कर्मचारी बर्खास्त

Read Time : < 1 मिनेट
रासस, बेइजिङ
नयाँ पत्रिका
२o८o माघ २१ आइतबार १५:o२:oo

चिनियाँ ‘टेकजायन्ट’ टेन्सेन्टले सन् २०२३ मा भ्रष्टाचार, अनियमितता तथा जालसाजीसम्बन्धी नियम उल्लंघन गरेको आरोपमा एक सय २० भन्दा बढी कर्मचारीलाई बर्खास्त गरेको छ।

हङकङमा सूचीकृत कम्पनी विश्वको शीर्ष भिडियो गेम निर्माता र लोकप्रिय सुपर–एप विच्याटको लगानीकर्ता हो।

टेन्सेन्टका संस्थापक पोनी माले सन् २०२२ मा आफ्नो कम्पनीमा भएको भ्रष्टाचारको स्तरलाई ‘स्तब्ध पार्ने’ घटनाका रूपमा उल्लेख गरेका छन्। टेन्सेन्टका अनुसार गत वर्ष ७० भन्दा बढी आचारसंहिता उल्लंघनका घटना भएका थिए।

टेन्सेन्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘१२० जनाभन्दा बढीलाई कम्पनीबाट बर्खास्त गरिएको छ र करिब २० सचेत गराइएको छ।’ बर्खास्त गरिएका कर्मचारीमध्ये केही समूहको समाचार, खेल र फिल्मजस्ता सामग्रीप्रसारणका लागि जिम्मेवार परामर्श (पिसिजी) शाखाका थिए।

अन्यले टेन्सेन्टको चीनको ठूलो बजार हिस्सा टेलिमेडिसिन अनुप्रयोगहरूको समूहको चिकित्सा सेवा शाखामा काम गर्थे। टेन्सेन्टले सजाय पाएकामध्ये एक कर्मचारीलाई चार वर्षको जेल सजाय र एक लाख युआन अर्थात् १४ हजार अमेरिकी डलरबराबर जरिवाना गरिएको छ।

चीनमा १८ वर्षमुनिका खेलाडीका लागि अनलाइन गेमिङ टाइममा लगाइएको प्रतिबन्धले समूहको नाफामा धक्का पुगेको समय कर्मचारीलाई विभिन्न बहानामा निष्कासित गरिएको थियो।

टेन्सेन्टले विशेष गरी युरोपमा थप अवसरहरूको खोजी गरिरहेको छ। जहाँ यसले प्रमुख गेमिङ स्टुडियोहरूमा वैध लगानीको अवसर प्राप्त गरेर आफ्नो स्थितिलाई बलियो बनाइरहेको छ।