Skip This
एनआरसी कम्पनीलाई फुटसलको उपाधि
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ १९ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o माघ १९ शुक्रबार २३:१३:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

एनआरसी कम्पनीलाई फुटसलको उपाधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o माघ १९ शुक्रबार २३:१३:oo

तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्था र कालीमाटी तरकारी बजार युवा क्लबको आयोजनामा भएको फुटसल प्रतियोगिताको उपाधि एनआरसी कम्पनीले जितेको छ । 

काठमाडौंमा शुक्रबार सम्पन्न फाइनल खेलमा शिव फ्रेस भेजिटेबल्स एन्ड फ्रुट्सलाई पराजित गर्दै एनआरसीले उपाधि उचालेको हो । 

कृष्णलाल श्रेष्ठले प्रायोजन गरेको थ्री ब्रदर्स एक्सेस तेस्रो भएको छ । 

तरकारी फलफूल साकोसले स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा रजतजयन्ती मनाउने क्रममा संयुक्त फुटसल प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा सहकारी संस्था र क्लबका सदस्य रहेकाहरूका १२ टिमले प्रतिस्पर्धामा भाग लिएका थिए । 

ती टिमलाई कालीमाटी तरकारी तथा फलफूल बजारमा क्रियाशील व्यवसायीहरूले संस्थागत प्रायोजन गरेका थिए । 

प्रतियोगितामा कृष्णलाल श्रेष्ठको थ्री ब्रदर्स एक्सेस, शिवहरि गिरीको शिव फ्रेस भेजिटेबल्स एन्ड फ्रुट्स, हरिप्रसाद शर्माको सबल एकता प्रालि, भरत खनालको खनाल फ्रुट्स, राजकुमार लामिछाने र राजन पनेरूको एनआरसी कम्पनी, ज्ञानेन्द्र श्रेष्ठको बागमती कृषि सप्लायर्स, अर्जुन सिलवालको अर्जुन कृष्ण स्टोर्स, प्रकाश गजुरेलको श्री गजुरेल स्टोर, दधिराज उप्रेतीको त्रिशक्ति श्री ट्रेडर्स, मोहम्मद इर्सादको इर्साद स्टोर, भगवानचन्द्र उप्रेतीको उप्रेती ताजा तरकारी भण्डार र छेदनप्रसाद गुप्ताको छेदी स्टोरले प्रायोजन गरेका १२ टिम सहभागी थिए । 

प्रतियोगिताको उत्कृष्ट खेलाडी बबिन श्रेष्ठ भए । प्रवीण प्रधानले सर्वाधिक गोलकर्ताको उपाधि पाए भने उत्कृष्ट गोलरक्षकको पुरस्कार विकास थिङले प्राप्त गरे ।